असार २६, २०८२ बिहिबार July 10, 2025

यी हुन् स्यानिटाइजर बिक्री विरतणमा रोक लगाईएका पाँच उद्योगहरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाँच उद्योगले उत्पादन गरेका स्यानिटाइजरमा विषाक्त रसायन फेला परेको छ । राष्ट्रिय औषधि प्रयोगशालाले गरेको परीक्षणबाट यस्तो प्रमाण फेला परेको हो ।

प्रयोगशालाले ती कम्पनीको उत्पादन स्यानिटाइजरमा मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने विषाक्त रसायन मिथानल भेट्टाएपछि औषधि व्यवस्था विभागले ती उत्पादनको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।

भक्तपुरको नेपाल कायाकल्प उद्योग तथा काठमाडौंका हाइजिन सोप एन्ड केमिकल प्रालि, आधार केमिकल्स एन्ड फूड इन्डष्ट्रिज प्रालि, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्सका उत्पादन रोक्का गरेको हो । प्रयोगशालाका अनुसार ती उत्पादन ‘इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर (अल्कोहल बेस्ड) सम्बन्धी स्तर २०७६ मापदण्ड विपरित छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया