असार २६, २०८२ बिहिबार July 10, 2025

साढे पाँच महीनादेखि विदेशी मदिरा आयात ठप्प

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विदेशी मदिरा आयातमा सरकारले साढे पाँच महीनादेखि लगाएको बन्देज कायमै रहेकाले विदेशी मदिरा वितरकहरूको स्टक सकिँदै गएको छ । विलासिताका वस्तुको आयात घटाउने रणनीतिअन्तर्गत सरकारले चैतको दोस्रो सातादेखि विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाएको थियो ।

नेपालमा वार्षिक अर्बौंको विदेशी मदिरा आयात हुने गरेकोमा पछिल्लो प्रतिबन्धले बजारमा विदेशी मदिराको स्टक कम हुँदै गएको र चाडपर्व नजिकिँदै गएकाले यसले चोरी तस्करी बढ्ने सम्भावना भएको आयातकर्ताहरू बताउँछन् । दशैंतिहारलाई लक्षित गरी भदौ महीना लागेसँगै मदिरा बजार चलायमान हुने गथ्र्यो । मदिरा उपभोगको सिजन मानिने असोज-कात्तिकमा उत्पादक र वितरक दुवै व्यस्त रहन्थे ।

तर, कोरोना महामारी र यसको नियन्त्रणका लागि लगाइएको निषेधाज्ञालगायत कारण अहिले अघिल्ला वर्षहरूमा जस्तो चहलपहल देखिँदैन । सरकारले कोरोना महामारी नियन्त्रण गर्न चैतमा विदेशी मदिरासहित अन्य विलासिताका सामानमाथिको आयातमा प्रतिबन्ध लगाउनुका पछाडि महामारीको समयमा विदेशी मुद्राको सञ्चिति बढाउने र शोधानान्तर स्थिति नियन्त्रणमै राख्ने उद्देश्य थियो ।

पछिल्लो समय शोधानान्तर स्थिति नाफामा रहेको र विप्रेषण आप्रवाह सोचेजसरी नघटेकाले विदेशी मुद्राको सञ्चितिसमेत राम्रै छ । त्यसैले झन्डै ६ महीनाअघि लगाइएको विदेशी मदिरा आयातमाथिको प्रतिबन्ध फुकुवा गरिनुपर्ने विदेशी मदिराका आयातकर्ताहरूको माग छ ।

उनीहरूका अनुसार चाडपर्वको समयमा मदिरा खपत उच्च हुने भएकाले आयात खुला नगरिए त्यसले चोरीपैठारीलाई बढावा दिनेछ । ‘आयातमाथिको प्रतिबन्ध कायमै रहे वैध आयातबाट आउने राजस्व गुम्ने र अवैध तरीकाबाट हुने आयातले सरकारी राजस्वमा नराम्रो धक्का पुग्नेछ,’ एक आयातकर्ताले भने । छिमेकी मुलुकहरूबाट विदेशी मदिरा तस्करीको बाटो यसले खुलाउने उनीहरूको भनाइ छ ।

सरकारले कुनै एक आयातकर्तालाई फाइदा पु¥याउन विदेशी मदिराको आयात रोकेको आरोप एकथरी आयातकर्ताहरूको छ । विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाएपछि अहिले बजारमा महँगा मदिराको मौज्दात घट्दै गएको आयातकर्ताको भनाइ छ । ठूला मदिरा पसलमा महँगा विदेशी मदिराको अभाव हुन थालेको व्यवसायीहरूले बताए ।

राज्यले मदिरा आयातमा राम्रै कर लगाउने गरेको छ । आयातकर्ताका अनुसार मदिरा आयातमा २५० प्रतिशत राजस्व सरकारले पाउने गरेको थियो । आव २०७६र७७ मा नेपालमा ह्वीस्की आयात ८२ करोड रुपैयाँको मात्रै भएको छ, जब कि अघिल्लो आवमा १ अर्ब ७ करोडको आयात भएको छ । आर्थिक अभियानबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार