असार २६, २०८२ बिहिबार July 10, 2025

प्याज निर्यातमा भारतीय प्रतिबन्धसँगै नेपाली व्यापारीको कालोबजारी शुरु- एकैदिन १०० रुपैया पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा प्याजको मूल्य ह्वात्तै बढेको छ । व्यापारीले आफूखुशी मूल्य तोक्न थाल्दा प्याजको खुद्रा मूल्य १०० रुपैया पुगेको छ ।

भारतले प्रतिबन्ध लगाएपछि भदौ २९ गतेदेखि नै कालीमाटी फलफूल तथा तरकारी बजारमा प्याज आयात बन्द भएको छ । भारतले निर्यातमा प्रतिबन्ध लगाउनु केही दिनअघिदेखि नै नेपालमा प्याजको मूल्य बढ्दै गएको थियो ।

कालीमाटी फलफूल तथा तरकारी बजारको दैनिक मूल्यसूचीअनुसार गत १५ दिनमा प्याजको मूल्य करीब ८९ प्रतिशतले वृद्धि भएको देखिएको छ । भदौ १६ गते थोकमूल्य प्रतिकिलो ४२ रुपैयाँ पर्ने प्याज त्यसयता मूल्य बढेर प्रतिकिलो ७५ रुपैयाँ पुगिसकेको छ ।

भारतले निर्यात बन्द गरेपछि नेपालमा प्याज अभाव सृजना हुनुका साथै मूल्य झनै बढ्ने देखिएको छ ।

मंगलवार बिहान प्रतिकिलो ७० देखि ७५ रुपैयाँसम्ममा विक्री भइरहेको प्याज दिउँसो प्रतिकिलो १ सय रुपैयाँमा विक्री भएको छ । भारतले प्याज निर्यात बन्द गर्नुको वास्तविक कारण नखुले पनि अहिले त्यहाँ प्याजको सिजन नभएकाले मौज्दात सकिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार