असार २६, २०८२ बिहिबार July 10, 2025

चालू आवमा नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशत : एडीबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एशियाली विकास बैंक (एडीबी) ले २०२१ अर्थात् चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर १ दशमलव ५ प्रतिशत मात्र रहने प्रक्षेपण गरेको छ । एडीबीले मंगलवार सार्वजनिक गरेको ‘एशियन डेभलपमेन्ट आउटलुक २०२०’का अनुसार कोरोना महामारी नियन्त्रण गर्न अपेक्षा गरिएभन्दा बढी समय लाग्ने तथा भारतको अर्थतन्त्र खुम्चिन पुगेकाले नेपालको आर्थिक वृद्धि न्यून रहनेछ ।

एडीबीको पछिल्लो प्रक्षेपणले नेपालको कुल गार्हस्थ्य उत्पादन सरकारले अनुमान गरेभन्दा साढे ५ प्रतिशत कम हुने देखाएको छ । सरकारले चालू आवमा ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।

एडीबीले गत जुनमा गरेको प्रक्षेपणमा चालू आवमा नेपालको आर्थिक वृद्धि ३ दशमलव १ प्रतिशत रहने बताएको थियो । तर, कोरोना महामारी नियन्त्रणका लागि चालिएको कदमले अर्थतन्त्रमा संकुचन आएपछि त्यसलाई सशोधन गर्दै १ दशमलव ५ प्रतिशतमा झारेको छ ।

एडीबीले चालू वर्ष विप्रेषण आप्रवाह घट्न गई कमजोर आर्थिक अवस्थाका जनता प्रभावित हुने र त्यसको असर निजी खर्चमा पर्ने बताएको छ । आर्थिक अवस्था कमजोर हुँदा बजारमा माग न्यून हुने र सरकारी आम्दानीमा समेत त्यसले असर गर्ने एडीबीको अनुमान छ ।

पूँजी परिचालन तथा लगानीका हिसाबले गत वर्ष नै कमजोर देखिनुले नेपालको अर्थतन्त्र यो वर्ष झनै प्रभावित हुन सक्ने, पर्यटन उद्योग अभैm पुनरुत्थान हुने सम्भावना न्यून रहेकाले यसको मार पनि अर्थतन्त्रमा पर्ने एडीबीको प्रतिवेदनमा उल्लेख छ ।

गत आव (सन् २०२०) मा नेपाली अर्थतन्त्र २ दशमलव ३ प्रतिशतले विस्तार भएको एडीबीले बताएको छ । कोरोना महामारीका कारण यस वर्ष दक्षिण एशियाली मुलुकको समग्र आर्थिक वृद्धिदर ६ दशमलव ८ प्रतिशतले ऋणात्मक रहने प्रक्षेपण एडीबीको छ ।

अर्थशास्त्री केशव आचार्य कोरोनाका कारण सुस्ताएको अर्थतन्त्रलाई गति दिन सरकारले विशेष योजना बनाएर अघि बढ्नुपर्ने सुझाव दिन्छन् । ‘मुलुकको आर्थिक वृद्धिदरलाई सुधार्न सरकारले कोरोना प्रभावित क्षेत्रलाई माथि उकास्ने खाले नीतिहरू लिएर विकासलाई गति दिन अनुकूल वातावरण बनाइदिनुपर्छ,’ आचार्य भन्छन् ।

मुलुकको अर्थतन्त्रमा ठूलो योगदान रहेको विप्रेषण, पर्यटन क्षेत्र तत्काल सुस्ताएकाले ग्रामीण कृषिलाई आधुनिकीकरण प्रणालीतर्फ उन्मुख गराई सो क्षेत्रको अर्थतन्त्रमा अंश बढाउन जरुरी रहेको उनको भनाइ छ । अभियानबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार