बैसाख २६, २०८३ शनिबार May 9, 2026

ललितपुर देउराली डाँडामा व्यक्तिले आफ्नै श्रीमतीको हत्या, अभियुक्त विनोद तामाङ पक्राउ

हत्या पछि विनोद आफैं प्रहरी चौकी टिकाभैरव पुगेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ललितपुर । गोदावरी नगरपालिका–७ देउराली डाँडामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। प्रहरीले शुक्रबार बिहान २७ वर्षीय विनोद तामाङलाई नियन्त्रणमा लिएको हो। उनी २३ वर्षीया कोपिला नेपालीको हत्या गर्ने आरोपमा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार, पारिवारिक विवादका क्रममा आक्रोशित बनेका विनोदले कोपिलामाथि चिर्पट प्रहार गरेका थिए। प्रहारका कारण कोपिलाको टाउकोमा गम्भीर चोट लाग्यो र उनी घटनास्थलमै मृत्यु भइसकेकी थिइन्।

हत्या पछि विनोद आफैं प्रहरी चौकी टिकाभैरव पुगेका थिए र आफ्नै हातले श्रीमतीको हत्या गरेको जानकारी दिएका थिए। प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ।

प्रहरीले घटनाका कारण र अन्य विवरणको बारेमा अनुसन्धान जारी रहेको जनाएको छ। प्रारम्भिक जानकारी अनुसार, हत्या पारिवारिक विवादबाट उत्पन्न भएको देखिएको छ, तर अनुसन्धानपछि मात्र विस्तृत कारण सार्वजनिक गरिनेछ।

स्थानीय वासिन्दाहरू र नजिकका परिवारजन घटनाबाट स्तब्ध भएका छन्। प्रहरीले आगामी दिनहरूमा घटनाको पूर्ण विवरण र कानुनी कारबाही सम्बन्धी जानकारी दिने जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
२०८३ बैसाख २६, शनिबार
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख २६, शनिबार
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार
सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया
२०८३ बैसाख २६, शनिबार
घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
२०८३ बैसाख २६, शनिबार
त्रिविवि परीक्षा नियन्त्रण कार्यालयद्वारा आधिकारिक फेसबुक पेज सञ्चालन
२०८३ बैसाख २६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ बैसाख २६, शनिबार