काठमाडौंः सोमबारबाट आन्तरिक उडान शुरु हुने भएसँगै लुक्ला उड्ने यात्रुहरुका लागि भने पीसीआर रिपोर्ट नेगेटिभ अनिवार्य गरिएको छ ।
सोलखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले सबै एयरलाइन्स कम्पनीलाई पत्र लेख्दै सबै यात्रुको पीसीआर परिक्षण रिपोर्ट नेगेटिभ आए मात्र उडान अनुमति दिन पत्र लेखेको छ । कोरोना भाइरसको महामारीकाबीच करीव ६ महिनापछि आन्तरिक उडान शुरु हुँदैछ ।
हवाई उडानमा अहिलेसम्म पनि पीसीआर परिक्षण पोजेटिभ रिपोर्ट आवश्यक पर्ने नियम बनाइएको छैन । गाउँपालिका यस्तो नियम बनाउने पहिलो स्थानिय तह हो । लुक्लामा तारा, सीता र समिट एयरले उडान गर्दै आएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया