भाद्र ७, २०८३ आइतबार August 23, 2026

निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

काउन्सिलद्वारा प्रदान गरिने विभिन्न पुरस्कारलाई थप पारदर्शी प्रभावकारी बनाउन पुरस्कारसम्बन्धी कार्यविधिमा सुधार र परिमार्जन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रेस काउन्सिल नेपालले सातवटै प्रदेशका प्रमुख सहरमा निर्वाचन आचारसंहिता र मिडिया विषयक कार्यक्रम गर्ने भएको छ ।

यस्तै निर्वाचन आचारसंहिताको अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ । काउन्सिलको त्रिपुरासुन्दरी गाउँपालिका धादिङको सल्यानटारमा सम्पन्न १२औँ बैठकले आचारसंहितासम्बन्धी अध्ययन, अनुसन्धान र जागरणलाई यस वर्ष र आगामी वर्षसमेत प्राथमिकता दिई कार्यक्रम तय गर्ने निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले जानकारी दिनुभयो ।

पत्रपत्रिका मूल्याङ्कनका लागि विज्ञको रोष्टर अद्यावधिक गर्ने एवं पत्रपत्रिका वितरण सम्परीक्षणको मापदण्डलाई पुनरावलोकन गरी वर्गीकरण प्रक्रियालाई यथार्थपरक, वस्तुनिष्ठ एवं समयानुकूल बनाउन आवश्यक कार्य गरिने काउन्सिलले जनाएको छ ।

यस्तै, काउन्सिलद्वारा प्रदान गरिने विभिन्न पुरस्कारलाई थप पारदर्शी प्रभावकारी बनाउन पुरस्कारसम्बन्धी कार्यविधिमा सुधार र परिमार्जन गरिनेछ । पत्रपत्रिकासहित सञ्चारमाध्यमको अभिलेख अद्यावधिक गर्ने र अद्यावधिक गर्ने सन्दर्भमा देखिएका समस्या एवं चुनौतीलाई समाधान गर्न, अभिलेखसम्बन्धी अवधारणापत्रसहित कार्ययोजना तयार गर्ने काउन्सिलले निर्णय गरेको छ ।

बैठकले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्न/गराउन सम्बन्धित सबैमा अपिल गरेको छ ।

बैठकले त्रिपुरासुन्दरी गाउँपालिकामा अवस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रहरू त्रिपुरासुन्दरी माई भगवती मन्दिर, फटिक खम्बा, नरसिंहधाम तथा नीलकण्ठ नगरपालिकामा अवस्थित भैरवी माई मन्दिरलगायत स्थलको संरक्षण, प्रवर्द्धन तथा व्यवस्थित विकासका लागि प्राथमिकता साथ यसको प्रचारप्रसार गर्न धादिङका सञ्चारमाध्यमहरूसँग आग्रह गर्ने निर्णय गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पहिरोले विभिन्न सडक अवरुद्ध
२०८३ भाद्र ७, आइतबार
नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने
२०८३ भाद्र ७, आइतबार
कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा
२०८३ भाद्र ७, आइतबार
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
२०८३ भाद्र ७, आइतबार
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
२०८३ भाद्र ७, आइतबार
आजको मौसमः देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान
२०८३ भाद्र ७, आइतबार
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
२०८३ भाद्र ७, आइतबार