भाद्र ६, २०८३ शनिबार August 22, 2026

निर्वाचन आयोगद्धारा टिकटक भिडियो प्रतियोगितामा नागरिकलाई आह्वान

एक मिनेटसम्मको भिडियो बनाएर टिकटकका साथै युट्यूब र फेसबुकमा राख्नु पर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभाको आसन्न निर्वाचनसम्बन्धी चेतनामूलक टिकटक भिडियो बनाउन नागरिकलाई आह्वान गरेको छ। निर्वाचन प्रचारप्रसार एवं मतदाता शिक्षाका लागि आयोगले टिकटक भिडियो प्रतियोगिता आयोजना गर्न लागेको हो।

सोमबार प्रकाशित आयोगको सूचनाअनुसार प्रतियोगितामा उत्कृष्ट तीन भिडियोलाई नगद पुस्कार प्रदान गरिनेछ। पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ । भ्यूजका आधारमा आयोगले पुरस्कार प्रदान गर्नेछ।

यसका लागि एक मिनेटसम्मको भिडियो बनाएर टिकटकका साथै युट्यूब र फेसबुकमा राख्नु पर्नेछ। भिडियोमा निर्वाचन प्रचारप्रसार, आचारसंहिता तथा मतदाता शिक्षा जस्ता विषय समावेश गर्नुपर्नेछ। त्यही लिंक फागुन ३ गतेदेखि १७ गतेभित्र आयोगको इमेलमा पठाउन भनिएको छ।

dddfdwfwerw-1770691998.jpg

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार
देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र ६, शनिबार
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
२०८३ भाद्र ६, शनिबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी
२०८३ भाद्र ६, शनिबार
सर्वोच्चको नयाँ नजिर : गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार
२०८३ भाद्र ६, शनिबार
नागरिक सन्तुष्टि अभिवृद्धि गर्न कार्ययोजना
२०८३ भाद्र ६, शनिबार
वर्षाले देशभरका सडक प्रभावित, दर्जनौँ स्थानमा यातायात अवरुद्ध
२०८३ भाद्र ६, शनिबार