असार २६, २०८२ बिहिबार July 10, 2025

दसैंको लागि तीन हजार खसीबोका र च्याङ्ग्रा ल्याउने खाद्यको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः दसैंको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३ हजार खसीबोका र च्याङ्ग्रा ल्याउने भएको छ।

यो दसैंलाई लक्षित गरेर करिब एक हजार ४०० च्याङ्ग्रा र एक हजार ६००  खसीबोका खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको हो। कम्पनीले प्रत्येक दसैंमा खसीबोका तथा च्याङ्ग्रा खरिद गरेर सुपथ मूल्यमा विक्री गर्दै आइरहेको छ।

कम्पनीले विशेषगरी दाङ, मकवानपुर, बाँकेलगायतका खसीबोका काठमाडौं ल्याउने गरेको छ। च्याङ्ग्रा भने मुस्ताङबाट ल्याउने कम्पनीले जनाएको छ। यो दसैंमा करिब ६ करोड रुपैयाँ बराबरको खसीबोका खरिछ गर्ने तयारी भएको खाद्य व्यवस्था कम्पनीले जानकारी दिएको छ।

कम्पनीले खसीबोका, च्याङग्रा विक्रीसँगै दसैंको लागि सुपथ मूल्य पसल पनि सञ्चालन गर्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार
खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज मात्रै
२०८२ असार २६, बिहिबार
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा बस्दै
२०८२ असार २६, बिहिबार
निफ्राको ‘हरित ऊर्जा ऋणपत्र’ आजदेखि कारोबारमा
२०८२ असार २६, बिहिबार
पूर्वमन्त्री कुमार खड्काकांग्रेसको साधारण सदस्यबाटै निष्कासित
२०८२ असार २६, बिहिबार