असार २६, २०८२ बिहिबार July 10, 2025

सौराहाका हात्तीको व्यवस्थापन अब एकै ठाउँबाट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः कोरोनासँगै लकडाउन र निषेधाज्ञाले हात्तीको पर्यटकीय गतिविधि ठप्प भएपछि व्यवसायीले हात्तीको व्यवस्थापन एकै ठाउँबाट गर्ने भएका छन् । सहकारीको अवधारणामा हात्ती व्यवस्थापन गर्न लागिएको हो ।

जिल्लाको सौराहासँगै पर्यटकीय क्षेत्रहरुमा होटल सञ्चालकहरुसँग हात्ती रहेका छन् । सौराहामा हात्तीको सङ्ख्या ७० हाराहारी छ । चितवन राष्ट्रिय निकुञ्ज आसपासका चितवन र नवलपरासीमा गरेर निजी हात्ती १०० हाराहारी रहेको व्यवसायी बताउँछन् ।

पछिल्लो समय हात्ती चढेर जङ्गल सफारी गर्ने पर्यटक नआएपछि हात्ती पाल्न समेत मुस्किल भएको छ । भारतबाट भाडामा ल्याइएका १० हात्ती फिर्ता गरिएको छ । हाल हात्तीको पर्यटकीय व्यवस्थापन गर्दै आएको युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीका अनुसार हाल व्यवसायीले आफैँले हात्ती पाल्दै आएका छन् । ती हात्तीको बुकिङ गरेर पर्यटकीय गतिविधिमा सहकारीले सहयोग गर्दै आएको छ ।

जसको हात्तीले जति कमायो, त्यति नै व्यवसायीले पाउने गर्दछन् । अब भने सबै हात्तीलाई सहकारीमा राखेर शेयर बाँडफाँट गरिने उनले जानकारि दिए । त्यसका लागि आवश्यक पर्ने पाँच बिघा हाराहारी जग्गा खोजी भइरहेको छ । तिवारीका अनुसार जग्गा पाएसँगै सबै हात्तीलाई एकै ठाउँमा राखेर व्यवस्थापन गरिने छ । हाल व्यक्तिको हात्ती रहेको छ भने अब सहकारीको हुनेछ । सहकारीमा पर्यटन व्यवसायीहरुलाई सदस्य बनाइने छ ।

क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार ती हात्ती मध्ये बूढा र अस्वस्थ हात्तीलाई काममा लगाईने छैन । प्रजनन योग्यलाई प्रजनन कार्यमा लगाइने छ भने पर्यटक घुमाउन सक्ने तन्दुरुस्त हात्तीलाई मात्रै काममा लगाइने छ । क्रमशः ठूलो जग्गा खोजी गरेर हात्तीका गतिविधि एकै ठाउँमा गर्ने गरी दीर्घकालिन योजना व्यवसायीले बनाएका छन् ।

भट्टराईका अनुसार भविष्यमा हात्ती चढ्ने कुरालाई भन्दा हात्तीसँग खेल्ने र रमाउने गरी गतिविधि गर्ने तयारी गरिएको छ । हात्तीलाई छुट्टाछुट्टै पालनपोषण र रेखदेख गर्दा खर्च बढी हुने भएपछि यो अवधारणा ल्याइएको हो । यसले खर्चमा कमी ल्याउने अपेक्षा व्यवसायीले गरेका छन् । एउटा हात्तीलाई एक महिनामा रु एक लाखभन्दा बढी खर्च गर्नुपर्ने हुन्छ । भाडामा लिएका हात्तीको भाडा मासिक रु ५०र६० हजार तिर्नुपर्ने हुन्छ । सौराहामा पालिएका हात्तीले त्यहाँ आउने पर्यटकलाई स्थानीय मध्यवर्ती सामुदायिक वनहरुमा घुमाउने गर्दछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार