असार १०, २०८३ बुधबार June 24, 2026

बाघखोरमा बाघको प्रतिमासहितको ‘पार्क’ निर्माण

प्रयोगविहीन अवस्थामा रहेको सार्वजनिक पाखोलाई संरक्षण र व्यवस्थापन गरेर पार्क निर्माण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

म्याग्दी, १० वैशाखः पर्यटकलाई आकर्षित गर्न यहाँको बेनी नगरपालिका–३ भकिम्लीको बाघखोरमा पार्क निर्माण गरिएको छ ।

भकिम्लीको मुसुङ र भुकभुके टोलको शिर, स्वर्गाश्रम र बेलढुङ्गाको फेदीमा प्रयोगविहीन अवस्थामा रहेको सार्वजनिक पाखोलाई संरक्षण र व्यवस्थापन गरेर पार्क बनाइएको हो ।

बेनी नगरपालिका र दाताको सहयोग तथा स्थानीयवासीको श्रमदान जुटाएर पर्यटकका लागि आश्रयस्थल भवन, वनभोज स्थल र बाघको प्रतिमा भएको पार्क निर्माण गरेको बेनी नगरपालिका–३ का वडाअध्यक्ष पदम पुनले जानकारी दिनुभयो ।

“आर्थिक वर्ष २०७६/७७ मा वडाको प्रस्तावमा बेनी नगरपालिकाले एक लाख रुपैयाँ बजेट विनियोजन गरेर सुरु भएको पार्क निर्माण योजनाका लागि हरेक वर्ष बजेट विनियोजन गर्दै आएका छाँै,” उहाँले भन्नुभयो, “यसपालि विनियोजन भएको तीन लाख रुपैयाँ बजेटबाट वनभोज स्थलका लागि आवश्यक सामग्री खरिद र घेराबार गरेर पूर्णता दिने तयारीमा छौँ ।”

पार्क निर्माणमा नगरपालिका र समुदायको १० लाख रुपैयाँ भन्दा बढी खर्च भएको वडाअध्यक्ष पुनले बताउनुभयो । समुन्द्री सतहदेखि करिब दुई हजार २५० मिटर उचाइमा अवस्थित बाघखोरमा पार्क बनाउन बराहताल सामुदायिक वन क्षेत्रमा पर्ने आठ रोपनी जग्गालाई घेराबार गरिएको छ ।

दुई वटा भवन, सार्वजनिक शौचालय निर्माण भएको पार्कमा खानेपानीको व्यवस्था पनि मिलाइएको निर्माण समितिका अध्यक्ष पृथीप्रसाद पुनले बताउनुभयो । तीन लाख ५० हजार रुपैयाँ खर्च गरेर बाघको प्रतिमा राखिएको छ । स्थानीय दिलमती र सञ्जय सुनारले पानको पात अङ्कित स्तम्भ बनाउनुभएको छ । धनलाल जैसीको सहयोगमा कालिका र मालिका देवीको मन्दिर निर्माण भएको छ ।

मुसुङ र भुकभुकेदेखि स्वर्गाश्रम जाने पदमार्ग र सडकको छेउमा अवस्थित बाघखोरबाट धौलागिरि, अन्नपूर्ण, गुर्जा हिमशृङ्खला, सूर्योदय, नागबेली परेर बगेको म्याग्दी नदी र म्याग्दीका विभिन्न ग्रामीण बस्तीहरुको दृश्यावलोकन गर्न सकिन्छ ।

नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको स्वर्गाश्रम र बेलढुङ्गा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको बसाइ लम्बाउने उद्देश्यले बाघखोरमा पार्क बनाएको निर्माण समितिका अध्यक्ष पुनले बताउनुभयो । उहाँका अनुसार परापुर्वकालमा यहाँ बाघलाई पासोमा पार्न खोर राखिएकाले बाघखोर नामाकरण भएको किंवदन्ती छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको चुनावी मैदानमा
२०८३ असार १०, बुधबार
विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, भोलि सुनुवाइ
२०८३ असार १०, बुधबार
प्रभावकारी सेवा प्रवाहका लागि नयाँ ढाँचा
२०८३ असार १०, बुधबार
इरान-अमेरिका सहमतिलाई गालिबफले भने ‘अमेरिकाको पराजय’
२०८३ असार १०, बुधबार
नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै कांग्रेस
२०८३ असार १०, बुधबार
पनामालाई हराउँदै क्रोएसियाको नकआउट सम्भावना कायम
२०८३ असार १०, बुधबार
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
२०८३ असार १०, बुधबार