असार १०, २०८३ बुधबार June 24, 2026

पोखरामा प्रहरीको ‘स्वीप अप्रेशन’, एकै रातमा १२२ जना पक्राउ

गए राति पक्राउ पर्ने सबै पुरुष र त्यसमध्ये अधिकांश युवा उमेर समूहका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, १० वैशाख : जिल्ला प्रहरी कार्यालय, कास्कीले गए राति पोखराका पाँच ठाउँमा ‘स्वीप अप्रेशन’ चलाएको छ । सो अप्रेशनका क्रममा अवैध गतिविधि गर्ने १२२ जनालाई नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ ।

रातको समयमा होहल्ला गर्ने, सार्वजनिक शान्ति सुरक्षामा खलल पु-याउने, गाँजालगायत अवैध लागुऔषध सेवन गर्नेलाई नियन्त्रणमा लिइएको कार्यालयका प्रहरी निरीक्षक एवं निमित्त सूचना अधिकारी गणेश पाण्डेले बताउनुभयो ।

“पक्राउ परेकामध्ये ८२ जनाले लागुऔषध सेवन गरेको पाइएको छ, केहीको साथमा गाँजासमेत फेला परेको छ”, उहाँले भन्नुभयो, “बैदाम, रामबजार, शिशुवा, बगर र जिल्ला प्रहरी कार्यालय रहेको क्षेत्रमा एकैसाथ स्वीप अप्रेशन सञ्चालन गरिएको थियो ।”

बैदाम क्षेत्रबाट ३९ जना, राजबजार क्षेत्रबाट ४० जना, शिशुवाबाट २० जना, बगरबाट १२ जना र जिप्रका आसपासबाट ११ जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटबाट खटिएको टोलीले ‘स्विप अप्रेशन’ चलाएको हो ।

गए राति पक्राउ पर्ने सबै पुरुष र त्यसमध्ये अधिकांश युवा उमेर समूहका रहेको उहाँको भनाइ छ । केही दिनअघि लेकसाइड क्षेत्रमा पर्यटकलाई दुःख दिने र ठगी गर्ने महिलाहरुलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको चुनावी मैदानमा
२०८३ असार १०, बुधबार
विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, भोलि सुनुवाइ
२०८३ असार १०, बुधबार
प्रभावकारी सेवा प्रवाहका लागि नयाँ ढाँचा
२०८३ असार १०, बुधबार
इरान-अमेरिका सहमतिलाई गालिबफले भने ‘अमेरिकाको पराजय’
२०८३ असार १०, बुधबार
नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै कांग्रेस
२०८३ असार १०, बुधबार
पनामालाई हराउँदै क्रोएसियाको नकआउट सम्भावना कायम
२०८३ असार १०, बुधबार
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
२०८३ असार १०, बुधबार