काठमाण्डौंः काठमाडौंदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म बुधबारबाट विद्युतीय सार्वजनिक बस सञ्चालनमा आएको छ ।
सुन्दर यातायात प्रा.लि.ले धुलिखेल नगरपालिकासँगको सहकार्यमा सञ्चालन गर्दै आएको नेपालकै पहिलो विद्युतीय बसले बुधबारबाट काठमाडौं- धुलिखेल सेवा दिन थालेको हो ।
नगरपालिकासँगको सहकार्यमा सञ्चालनमा आएको सो बस पहिलो चरणमा चारवटा मात्रै गुडेको नगरप्रमुख अशोक ब्याञ्जुले बताउनुभयो । उहाँले भन्नुभयो, “अबको केही दिनमा ३२ वटा बस सञ्चालनमा आउने छन् ।” प्रदेश सरकारको आर्थिक सहयोगमा धुलिखेलमा तीन रोपनी जग्गामा चार्ज स्टेशन बनाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
बस सञ्चालनमा आएपनि भाडा दरको भने अझै टुङ्गो लागेको छैन । यस विषयमा छिट्टै निर्णय गर्ने बताउँदै नगर प्रमुख ब्याञ्जुले अन्य बस सेवाको भन्दा भाडादर सस्तो हुने बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया