असार २६, २०८२ बिहिबार July 10, 2025

जनरल इन्स्योरेन्सको आईपीओमा ८ लाख भन्दा बढीको आवेदन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनरल इन्स्योरेन्स कम्पनी नेपालको आईपीओमा रेकर्ड ब्रेक भएको छ । उक्त कम्पनीको आईपीओमा ८ लाखभन्दा बढीले आवेदन दिएसँगै रेकर्ड ब्रेक भएको हो । हालसम्म यतिसंख्यामा आईपीओको लागि आवेदन परेको थिएन ।

विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार बुधवार साँझ ५ बजेसम्म ८ लाख १६ हजार ३६ जना आवेदकले २ करोड २६ लाख २१ हजार ७०० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा ८ दशमलव २८ गुणा बढी हुन आउँछ । बुधवार राती १२ बजेसम्म आवेदन दिन सकिने हुदाँ यो संख्या अझ बढ्ने विक्री प्रबन्धकको भनाई छ ।

कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेको हो ।

उक्त कम्पनीले कुल ३० लाख कित्तामध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट पश्चात बाँकी रहेको शेयर सर्वसाधारणमा विक्री खुला गरेको हो ।

मागभन्दा बढी आवेदन परेकाले छिटो अवधि असोज १४ भित्रै कम्पनीको आईपीओ विक्री बन्द भएको छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो ।

उक्त कम्पनीले यो आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट भदौ २४ गते अनुमति पाएको थियो । हाल संस्थापकतर्फको रू. ७० करोड चुक्तापूँजी रहेको उक्त कम्पनीको आईपीओ विक्री पश्चात रू. १ अर्ब चुक्तापूँजी कायम हुनेछ ।

कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०४ दशमलव शून्य २ रहेको छ भने प्रतिशेयर आम्दानी रू. २ दशमलव २५ रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया