असार २६, २०८२ बिहिबार July 10, 2025

द्रुतमार्गमा सुरुङमार्ग र पुल बनाउन ४३ कम्पनीको आवेदन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काठमाडौं तराई द्रुततमार्ग (फास्ट ट्र्याक) आयोजनामा जटिल मानिएका सुरुङमार्ग र पुललगायत संरचना बनाउन ४३ ओटा कम्पनीले बोलपत्र हालेका छन् ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गका ११ क्लस्टरमध्ये टनेल प्याकेज १ र २ का लागि आव्हान गरिएको पूर्वयोग्यता (पीक्यू)मा परेको बोलपत्र बुधवार खोल्दै सेनाले ती कम्पनीले बोलपत्र हालेको जानकारी दिएको हो ।

टनेल प्याकेज १ छोक्रेडाँडादेखि धेद्रेखोलासम्मका लागि २१ ओटा र प्याकेज २ को धेद्रेखोलादेखि लेनडाँडासम्मका लागि २२ ओटा कम्पनीले बोलपत्र हालेका छन् । सुरुङमार्ग र पुल निर्माणका लागि ती कम्पनीले योजना, डिजाइन, इन्जिनीयरिङ, खरीद तथा निर्माणलगायतको अनुभव पूर्वयोग्यताको बोलत्रपमा समावेश गरेका छन् । यी दुई प्याकेजमा १६ ओटा कम्पनीले बीड हालेको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।

उनले करीब २ हप्ताभित्रमा मूल्यांकन समितिले बोलपत्रहरूको मूल्यांकन सम्पन्न गर्ने र योग्य कम्पनीहरूलाई सर्टलिस्टमा राखिने जानकारी दिए । मूल्यांकनको काम सकिनासाथ सर्टलिस्टमा परेका कम्पनीहरूबीच टेन्डर आ≈वान गरिने र त्यससँगै निर्माणको काम पनि शुरू हुने उनको भनाइ छ ।

दु्रतमार्गमा तीनओटा सुरुङमार्ग बन्नेछन् भने १६ ओटा जटिल खाले पुलहरू पनि बन्नेछन् । ७२ दशमलव ५ किलोमीटर (किमी) लामो उक्त दु्रतमार्गमा बन्ने सुरुङमार्गमा ड्रिलिङ गर्ने काम भएको छ । दु्रतमार्गमा सुरुङमार्गको दूरी ६ दशमलव ४१ किमी रहेको छ भने जटिल खाले पुलको लम्बाइ १० दशमलव ५९ किमी रहेको छ । अभियान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया