बैसाख २२, २०८३ मंगलबार May 5, 2026

आजको मौसमः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ भने बाँकी प्रदेशमा आंशिक बादल लाग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २२ वैशाखः पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराईमा आंशिक बादल लाग्नेछ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका केही स्थानहरु तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुने छ ।

त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ भने बाँकी प्रदेशमा आंशिक बादल लाग्नेछ । कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने छ भने बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया