काठमाण्डौंः नेपाल आयल निगमले डिजेल र मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्य अनुसार बिहबिार राती १२ बजेदेखि लागू हुने गरी डिजेल, मटितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो । नयाँ मूल्य अनुसार डिजेल, मटितेल प्रतिलिटर ८९ रुपैयाँ निर्धारण भएको छ ।
पेट्रोल, हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत् राखिएको छ । इन्डियन कर्पोरेसनबाट पेट्रोल, हवाई इन्धन र एलपी ग्याँसको खरिद मूल्यमा केही बढेर आए पनि निगमले हाललाई यथावत् राखेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
मूल्य समायोजनपछि भारतीय सीमा रक्सौलसँग जोडिएको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर २८ रुपैयाँ ७५ पैसा र डिजेल ३४ रुपैयाँ ७७ पैसा नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया