असार २६, २०८२ बिहिबार July 10, 2025

ब्याट्री र जेनेरेटरको आयात दोब्बरले बढेको तथ्यांक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल विद्युत् प्राधिकरणले बिजुली बढी भएर खेर जाने सम्भावना बढेको बताइरहँदा विकल्पमा प्रयोग हुने जेनेरेटर र ब्याट्रीको आयात भने बढ्न थालेको छ ।

पछिल्लो ३ महीनाको तथ्यांक हेर्दा विद्युत्को वैकल्पिक स्रोतका रूपमा प्रयोग हुने जेनेरेटर र ब्याट्रीको आयात निरन्तर बढ्दै गएको छ । प्राधिकरणले २०७५ वैशाखदेखि देशभर लोडशेडिङ अन्त्य भएको घोषणा गरेको थियो । त्यसपछिको पहिलो १० महीनामा जेनेरेटर र इन्भर्टरको आयात उल्लेख्य नघटे पनि ब्याट्रीको आयात भने क्रमशः घट्दै गएको थियो ।

लोडशेडिङ अन्त्य भएकै वर्षको माघपछि इन्भर्टरको आयात पनि क्रमशः घट्दै गएर गत आर्थिक वर्षको शुरूदेखि नै शून्यमा झरेको थियो भने जेनेरेटरको आयात पनि घट्दै गएको थियो ।

पछिल्लो ३ महीनाको तथ्यांक हेर्दा जेनेरेटर र ब्याट्रीको आयात क्रमशः बढ्न थालेको देखिन्छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार इन्भर्टरको आयात नभए पनि जेनेरेटर र ब्याट्रीको आयात प्रत्येक महीना करीब दोब्बरले बढ्दै गएको देखिन्छ ।

अघिल्लो आर्थिक वर्षको अन्तिम अर्थात् असार महीनामा ६७५ थान जेनेरेटर र ७ हजार थान ब्याट्री आयात भएकोमा साउनमा ब्याट्री र जेनेरेटरको आयात असारको भन्दा दोब्बरले बढेको छ । यस्तै भदौ महीनामा ब्याट्री र जेनेरेटरको आयात साउन महीनाको भन्दा दोब्बरले बढेको तथ्यांकमा उल्लेख छ । आ.अभियानबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया