जेठ ८, २०८३ शुक्रबार May 22, 2026

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

कारोबारका आधारमा आँखुखोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ८ जेठ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले उकालो लागेर दुई हजार सात सय ५८ दशमलव ४९ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ४० अङ्कले उकालो लागेर चार सय ७१ दशमलव ८९ मा पुगेको छ ।

कूल तीन सय ३६ कम्पनीको एक करोड आठ लाख ८८ हजार सात सय ३९ कित्ता शेयर रु चार अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबार भएकामध्ये दुई सय तीन कम्पनीको शेयर मूल्य भने उकालो लागेको छ । यस्तै, ५७ कम्पनीको भने ओरालो लागेको छ । आठ कम्पनीको भने कुनै परिवर्तन भएको छैन ।
कारोबारका आधारमा आँखुखोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । यस्तै, रिडी पावर कम्पनी, नेशनल हाइड्रोपावर, अपि पावर कम्पनी र बुङ्गल हाइड्रो शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

यस्तै, क्रिष्ट माइक्रो लाइफ इन्स्योरेन्स, माबिलुङ हाइड्रोपावर, बुंगल हाइड्रो, आँखुखोला जलविद्युत् कम्पनी र सेपुर खुदी हाइड्रोपावरका लगानीकर्ताले आज कमाएका छन् ।

यस्तै, एनआइसी एशिया व्यालेन्स फण्ड,ग्लोबल आईएमई समुन्नत योजना दोस्रो, एबिएल डिबेञ्चर– २०९१, सानिमा बैंक डिवेञ्चर र स्वाभिमान लघुवित्तका लगानीकर्ताले भने गुमाएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजाका जहाजबाट पक्राउ इन्डोनेसियाली स्वदेश फिर्ता
२०८३ जेठ ८, शुक्रबार
लुम्बिनी प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत
२०८३ जेठ ८, शुक्रबार
प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण
२०८३ जेठ ८, शुक्रबार
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ : नेपालले अमेरिकालाई १२२ रनले हरायो
२०८३ जेठ ८, शुक्रबार
लुम्बिनीका मुख्यमन्त्री र सुदूरपश्चिम प्रदेश प्रमुखबीच भेट
२०८३ जेठ ८, शुक्रबार
रास्वपाले नेपाली जनतालाई निराश हुन दिँदैन : महामन्त्री बुर्लाकोटी
२०८३ जेठ ८, शुक्रबार
सरकारविरुद्ध आन्दोलनको तयारी भइरहेको प्रचण्डको दाबी
२०८३ जेठ ८, शुक्रबार