जेठ ९, २०८३ शनिबार May 23, 2026

१० महिनामा वीरगन्जबाट ८८ अर्ब २२ करोडको नेपाली उत्पादन निर्यात

१० महिनामा ३ अर्ब ३ करोड ४३ लाख मूल्य बराबरको विभिन्न कपडाहरू भारत तथा तेस्रो मुलुक निर्यात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज । मुलुकको प्रमुख भन्सार नाका वीरगञ्ज हुँदै आर्थिक वर्ष २०८२/०८३ को १० महिनामा भारत तथा तेस्रो मुलुक तर्फ ८८ अर्ब २२ करोड ८४ लाख मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ ।

गत आर्थिक वर्ष २०८१/०८२ को १० महिनाको तुलनामा यस आर्थिक वर्षको साउन देखि बैशाख मसान्त सम्ममा ६ प्रतिशतले निर्यात वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०८१/०८२ को साउन, भदौ, असोज, कार्तिक, मङ्सिर ,पुस ,माघ, फागुन, चैत्र र बैशाख महिनामा भारत तथा तेस्रो मुलुक तर्फ ८३ अर्ब २५ करोड ८२ लाख मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको थियो ।

वीरगञ्ज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकहरूमा तेल, जुस, कपडा जुत्ता, फलामे पाता लगायतका नेपाली उत्पादन तथा जडीबुटी निर्यात भएको वीरगञ्ज स्थित आईसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक मैनालीले जानकारी दिनुभयो ।

वीरगन्ज भन्सार नाका हुँदै आर्थिक वर्ष २०८२/०८३ को १० महिनामा सबैभन्दा धेरै भटमासको प्रशोधित तेल भारत निर्यात भएको छ । साउन, भदौ, असोज, कार्तिक मङ्सिर, पुस माघ ,फागुन, चैत्र र बैशाख महिनामा वीरगञ्ज नाकाबाट मात्रै ४८ अर्ब ११ करोड मूल्य बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको छ । त्यसैगरी वीरगञ्ज नाकाबाट सो अवधिमा ६ अर्ब ४२ करोड २९ लाख मूल्य बराबरको फलफूलको जुस तथा जाम भारत निर्यात भएको छ ।

१० महिनाको अवधिमा ५ अर्ब ३५ करोड ५३ लाख मूल्य बराबरको सूर्यमुखी प्रशोधित तेल निर्यात भएको छ भने १ अर्ब ४ करोड ७ लाख मूल्य बराबरको प्रशोधित पाम तेल निर्यात भएको छ ।

१० महिनामा ३ अर्ब ३ करोड ४३ लाख मूल्य बराबरको विभिन्न कपडाहरू भारत तथा तेस्रो मुलुक निर्यात भएको छ । सो अवधिमा १ अर्ब ९५ करोड मूल्य बराबरको फलाम तथा फलामका सामाग्रीहरू निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयबाट उपलब्ध तथ्याङ्कमा उल्लेख छ ।

वीरगञ्ज नाकाबाट सो अवधिमा २ अर्ब २५ करोड मूल्य बराबरको सेन्थेटिक यार्न निर्यात भएको छ । त्यसैगरी सो अवधिमा १ अर्ब ८२ करोड १४ लाख मूल्य बराबरको पशु आहारको कच्चा पदार्थ निर्यात भएको छ । सो अवधिमा १ अर्ब २५ करोड मूल्य बराबरको चाउचाउ, नुडल्स, पास्ता, १ अर्ब २९ करोडको कुकुर बिरालाको खाना, ९० करोडको बोसो तेल र मैन, ९५ करोडको तोरीको तेल निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक मैनालीले बताउनु भयो ।

वीरगञ्ज भन्सार नाकाबाट मनोरञ्जनका सामान, स्पोर्ट सुज, दन्त मन्जन, रेसाको कपडा,स्टिलका भाडाकुडा र सि.आर.सीट, जीआई.पाइप, तयारी रसायन, उनी कार्पेट गलैँचा लगायतका सामानहरू साउन देखी बैशाख मसान्त सम्ममा भारत तथा तेस्रो मुलुक निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक मैनालीले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बेनी-जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध
२०८३ जेठ ९, शनिबार
ऊर्जामन्त्री श्रेष्ठद्वारा स्युचाटारस्थित विद्युत् भार प्रेषण केन्द्रको निरीक्षण
२०८३ जेठ ९, शनिबार
अन्तर्राष्ट्रिय महिला भलिबल : किर्गिस्तानमाथि नेपालको ३-० को जित
२०८३ जेठ ९, शनिबार
अहिलेसम्मका परिवर्तनकारी आन्दोलनमा युवाको उल्लेखनीय योगदान छ – मुख्यमन्त्री शाह
२०८३ जेठ ९, शनिबार
१५औं महाधिवेशन तयारीमा कांग्रेस : नुवाकोटमा सदस्यता अध्यावधिक अभियान सुरु
२०८३ जेठ ९, शनिबार
जुम्लामा स्वास्थ्य बीमा नवीकरण गर्नेको सङ्ख्या घट्यो
२०८३ जेठ ९, शनिबार
इबोला सङ्क्रमीत मुलुकबाट अमेरिका प्रवेशमा प्रतिवन्द
२०८३ जेठ ९, शनिबार