असोज ७, २०८३ बुधबार September 23, 2026

सुनको मूल्य तोलामा बीस हजार पाँच सयले बढ्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ- विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा २० हजार ५०० रुपैयाँले बढेको हो ।

गत शुक्रबार दुई लाख ९० हजार ६०० रुपैयाँमा खरिद-बिक्री भएको एक तोला सुनको मूल्य आज तीन लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ । त्यसैगरी, एक तोला चाँदीको मोल पाँच हजार ३४५ रुपैयाँ निर्धारण भएको छ । गत शुक्रबार एक तोला चाँदी पाँच हजार ४० रुपैयाँमा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७३० र त्यति नै परिमाणको सेतो धातुको ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया