असोज ५, २०८३ सोमबार September 21, 2026

एकैदिन २० हजारले बढेको सुनको भाउ आज २ सयले घट्यो, चाँदीमा सामान्य वृद्धि

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। अघिल्लो दिन ऐतिहासिक रूपमा एकैदिन २० हजार रुपैयाँले उकालो लागेको सुनको भाउ आज भने प्रतितोला २ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। यद्यपि सामान्य गिरावट आए पनि सुनको मूल्य अझै उच्च विन्दुकै आसपास कायम रहेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढाव तथा अमेरिकी डलरको विनिमय दरको प्रभावले नेपाली बजारमा पनि सुनको मूल्यमा दैनिक परिवर्तन देखिँदै आएको व्यवसायीहरू बताउँछन्।

यसैबीच चाँदीको मूल्य भने आज सामान्य रूपमा बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै ५ हजार ३ सय ५५ रुपैयाँ पुगेको छ। हिजो चाँदी प्रतितोला ५ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्यमा आएको सामान्य गिरावट र चाँदीको मूल्यमा भएको वृद्धिसँगै बजारमा खरिद–बिक्री गतिविधि पनि चासोका साथ हेरिएको छ। व्यवसायीहरूले आगामी दिनमा अन्तर्राष्ट्रिय बजारको अवस्थाअनुसार सुनचाँदीको मूल्य थप घटबढ हुन सक्ने बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
UML Chair presents political report
२०८३ असोज ५, सोमबार
सरकारले कृषि क्षेत्रको आपूर्ति सुधारसम्बन्धी अध्ययन गरिरहेको छः मन्त्री चौधरी
२०८३ असोज ५, सोमबार
महिला भलिबलमा नेपाल हङकङसँग पराजित, अब ११औँ स्थानका लागि प्रतिस्पर्धा गर्ने
२०८३ असोज ५, सोमबार
२०औं एसियाली खेलकुद : चीन २३ स्वर्णसहित शीर्षस्थानमा
२०८३ असोज ५, सोमबार
धवलागिरिको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा
२०८३ असोज ५, सोमबार
कर्णालीको कृषि मन्त्रालयमा कर्मचारी सरुवामा भाँडभैलो, सत्ता निकटकालाई अवसरै अवसर !
२०८३ असोज ५, सोमबार
बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता
२०८३ असोज ५, सोमबार