जेठ २३, २०८३ शनिबार June 6, 2026

स्थानीय तहसम्म ज्ञान र प्रविधि पु-याउँदै कोइका स्वयंसेवक

स्थानीय संस्थाको क्षमता अभिवृद्धिमा अन्तर्राष्ट्रिय स्वयंसेवी सहकार्य महत्वपूर्ण हुने धारणा व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २३ जेठः कोरिया अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका) ले नेपालमा सञ्चालन गरेका स्वयंसेवक कार्यक्रमलाई अझ प्रभावकारी बनाउन स्वयंसेवक साझेदार संस्थाहरूसँग परामर्श कार्यशाला आयोजना गरेको छ ।

कार्यशालाको प्रारम्भ गर्दै कोइका नेपालका देशीय निर्देशक मुहोन कोङले स्वयंसेवक परिचालन गरिएका संस्थाहरूको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै कोइका स्वयंसेवक कार्यक्रमको प्रभावकारिता अभिवृद्धिमा ती संस्थाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

उहाँले ज्ञान, सीप र विशेषज्ञताको आदानप्रदानमार्फत साझेदार देशहरूको सामाजिक तथा आर्थिक विकासमा योगदान पु¥याउनुका साथै कोरिया र साझेदार मुलुकबीच मित्रता, आपसी समझदारी र सहकार्य प्रवद्र्धन गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको उल्लेख गर्नुभयो ।

अर्थ मन्त्रालयका उपसचिव अर्जुन ढकालले सन् १९९१ यता कोरिया ‘ओभरसिज भोलिन्टियर्स’ले नेपालको सामाजिक–आर्थिक विकासमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।

उहाँले शिक्षा, स्वास्थ्य, कृषि तथा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा स्वयंसेवकहरूले ज्ञान, सीप र अनुभव हस्तान्तरण गर्दै परिश्रम, समयपालन र समर्पणजस्ता मूल्य स्थापित गर्न सहयोग गरेकामा कोरिया सरकारप्रति आभार व्यक्त गर्नुभयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव प्रह्लाद कार्कीले स्थानीय तहसम्म ज्ञान र प्रविधि पु¥याएर कोरियाली स्वयंसेवकहरूले नेपाल र नेपालीलाई ठूलो गुन लगाएको बताउनुभयो ।

कार्यशालामा कोइका नेपालले कोरिया ओभरसिज भोलिन्टियर्स कार्यक्रमसहित विभिन्न विकास सहकार्य पहलका बारेमा जानकारी गराएको थियो ।

त्यस अवसरमा कास्कीस्थित गौरीशङ्कर माध्यमिक विद्यालयमा प्रारम्भिक बालविकास स्वयंसेवकका रूपमा कार्यरत मिह्युन स्युङले बालविकास शिक्षामा आफूले गरिरहेका गतिविधिबारे जानकारी गराउनुभयो ।

त्यसैगरी, ललितपुरको गोदावरी नगरपालिकामा पर्यटन स्वयंसेवकका रूपमा कार्यरत स्युङचुल काङले दक्षिण कोरियाको जेजु क्षेत्रलाई विश्वस्तरीय पर्यटकीय गन्तव्यका रूपमा विकास गरिएको अनुभव प्रस्तुत गर्दै नेपालमा दिगो पर्यटन प्रवद्र्धनका सम्भावनाबारे धारणा राख्नुभयो ।

नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार सेवा कास्कीका प्रतिनिधिले कोइकाको सहयोगमा सञ्चालित एक परियोजनाको अनुभव साझा गर्दै प्राप्त उपकरणहरूले रक्तदानसम्बन्धी गतिविधिमा सकारात्मक परिवर्तन ल्याएको बताउनुभयो ।

उहाँले स्थानीय संस्थाको क्षमता अभिवृद्धिमा अन्तर्राष्ट्रिय स्वयंसेवी सहकार्य महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।

विश्वभाषा क्याम्पसका क्याम्पस प्रमुख डा महेन्द्रकुमार बुढाथोकीले कोइकासँगको लामो सहकार्य र कोरियाली स्वयंसेवकहरूको योगदानको चर्चा गर्दै हाल त्रिभुवन विश्वविद्यालयले कोरियाली भाषा शिक्षाको स्नातक तहको पाठ्यक्रम स्वीकृत गरिसकेको सन्दर्भमा थप स्वयंसेवक परिचालन हुने अपेक्षा व्यक्त गर्नुभयो ।

कोइका एलुम्नाइ एसोसिएसन अफ नेपाल (कान) का अध्यक्ष नवराज गौतमले कोरियाली संस्कृति, सामाजिक व्यवहार र नेपालसँगका समानताबारे प्रस्तुति दिनुभएको थियो । उहाँले स्वयंसेवकहरूको ज्ञान र अनुभवको अधिकतम उपयोग गर्न साझेदार संस्थाहरूलाई आग्रह गर्नुभयो ।

ललितपुरमा शुक्रबार आयोजित कार्यशालामा स्वयंसेवकसँग सम्बन्धित साझेदार संस्थाका प्रतिनिधि, विभिन्न मन्त्रालय तथा विभागका अधिकारी, कोइकाका कर्मचारी र ‘कोरिया ओभरसिज भोलेन्टियर्स’’ गरी ४७ जनाको सहभागिता थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय तहसम्म ज्ञान र प्रविधि पु-याउँदै कोइका स्वयंसेवक
२०८३ जेठ २३, शनिबार
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
२०८३ जेठ २३, शनिबार
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार