असोज २४, २०८३ शनिबार October 10, 2026

धुलिखेल खानेपानी आयोजना पुनःनिर्माण

आयोजनाको ६० प्रतिशत र जर्मन सहयोग नियाग (जिआईजेड) को ४० प्रतिशत आर्थिक सहयोगमा पुनःनिर्माण सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काभ्रेपलाञ्चोक, २३ जेठः विसं २०८१ असोजको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेलमा सञ्चालित बृहत् खानेपानी आयोजनाको पुनःनिर्माण गरिएको छ । त्यतिबेला पनौती नगरपालिका–१२ स्थित सप्तकन्या मुहान क्षेत्रलगायत भौतिक संरचना तथा पाइपलाइनमा ठूलो क्षति पुगेको थियो ।

धुलिखेल खानेपानी आयोजनाको ६० प्रतिशत र जर्मन सहयोग नियाग (जिआईजेड) को ४० प्रतिशत आर्थिक सहयोगमा पुनःनिर्माण सम्पन्न भएको नगरका कार्यबाहक प्रमुख निराजन जङ्गमले बताउनुभयो । उहाँका अनुसार बाढीले मुहान क्षेत्र खारखोलामा १५० मिटर मुख्य पाइप लाइनसमेत बगाएको थियो । त्यतिबेला धुलिखेलमा तीन महिना खानेपानी अवरुद्ध भएको थियो ।

आयोजना रु तीन करोड ५१ लाख लागतमा पुनःनिर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष कृष्णभूषण खोजुले जानकारी दिनुभयो । गत वर्ष जेठ २० गते पुनःनिर्माण थालिएको थियो । यसका लागि सम्झौताअनुसार जर्मन सरकारबाट ६० प्रतिशत अर्थात् रु एक करोड ४५ लाख अनुदान प्राप्त भएको उहाँले बताउनुभयो ।

जर्मन सरकारले सन् १९९२ मा उक्त आयोजना निर्माणमा सहयोग गरेको थियो । बाढीपहिरोको क्षतिपछि नगरले जर्मन राजदुतावासलाई सहयोगका लागि अनुरोध गरेको थियो । प्राप्त सुहयोग रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुुनःनिर्माण गरिएको हो ।

बाढीले आयोजनामा क्षति हुँदा नगरका ३, ४, ५, ६ र ८ नम्बर वडाका तीन हजार ६०० परिवार खानेपानी सुविधाबाट वञ्चित भएका थिए । त्यतिबेला करिब रु २० लाख खर्चेर अस्थायी व्यवस्थापन गरी खानेपानीको व्यवस्था गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफीको हत्या आरोपी टिकटकर ‘गुण्डा’ माथि थप दुई ज्यान मार्ने उद्योगको मुद्दा
२०८३ असोज २४, शनिबार
देशका विभिन्न भागबाट लागुऔषधसहित ३१ जना पक्राउ
२०८३ असोज २४, शनिबार
‘रामायण’मा रानी कैकयीकाे भुमिकामा लारा दत्त, मन्थराको भूमिकामा शीबा चड्ढा
२०८३ असोज २४, शनिबार
विश्व ‘अण्डा’ दिवस, अण्डाको उत्पादन र खपत बढाउन आवश्यक
२०८३ असोज २४, शनिबार
पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, होटल भत्किए, विद्युत् सेवा अवरुद्ध
२०८३ असोज २४, शनिबार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
२०८३ असोज २४, शनिबार
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध
२०८३ असोज २४, शनिबार