असार ६, २०८३ शनिबार June 20, 2026

गण्डकीमा एक लाख ४१ हजार बढी ट्राफिक कारबाही, रु १२ करोड ६९ लाख राजस्व सङ्कलन

न अनुशासन उल्लङ्घन गर्ने एक हजार ४१ सवारीबाट रु पाँच लाख ७३ हजार राजश्व उठ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कास्की, ६ असारः गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको हालसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधन माथि गरिएको कारबाहीबाट रु १२ करोड ६९ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराका अनुसार चालु आवको जेठ मसान्तसम्म प्रदेशका ११ जिल्लामा विभिन्न ट्राफिक कसुरमा एक लाख ४१ हजार ६३० वटा कारबाही गरिएको जनाएको छ ।

कारबाहीबाट रु १२ करोड ६९ लाख ४९ हजार ६८ राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार ट्राफिक सबैभन्दा बढी कारबाही क्षमताभन्दा बढी यात्रु चढाउने सवारीमाथि कारबाही गरिएको छ । यसमा १८ हजार ८२७ सवारीलाई कारबाही गर्दा रु एक करोड ६४ लाख २९ हजार राजस्व सङ्कलन भएको छ ।

मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ११ हजार ९६९ चालक कारबाहीमा परेका छन् । यसबाट रु ६५ लाख ८२ हजार ५०० राजस्व उठेको छ । ओभरलोडमा सात हजार २३ सवारीलाई कारबाही गर्दा रु ९४ लाख ७८ हजार ७०५ जम्मा भएको प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो ।

तीव्र गतिका कारण पाँच हजार ७९४ सवारी कारबाहीमा पर्दा रु ३४ लाख ५५ हजार ५०० राजस्व सङ्कलन भएको छ । प्रयोजनविपरीत सञ्चालित सवारी कारबाहीमा तीन हजार ३६० कारबाहीमा रु ६६ लाख तीन हजार ५०० जम्मा भएको छ ।

यस्तै, लेन अनुशासन उल्लङ्घन गर्ने एक हजार ४१ सवारीबाट रु पाँच लाख ७३ हजार उठेको छ । ध्वनि प्रदूषण, स्टन्ट र स्वरुप परिर्वतनमा ५२२ सवारी कारबाहीमा रु २४ लाख ८४ हजार ३६३ सङ्कलन भएको छ ।

यसैगरी, अन्य विभिन्न सवारी कारबाहीबाट रु आठ करोड १२ लाख ७९ हजार ५०० सङ्कलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार सडक सुरक्षालाई प्रभावकारी बनाउन नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि निगरानी र कारबाहीलाई थप कडाइ गरिएको छ । लाइसेन्सविहीन सवारी सञ्चालन, मापसे, तीव्र गति तथा क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति अझै चुनौतीका रूपमा देखिएको कार्यालयले जनाएको छ ।

“दुर्घटना न्यूनीकरण, ट्राफिक सचेतना अभिवृद्धि तथा आधुनिक ट्राफिक व्यवस्थापन प्रणालीको विकासका लागि सबै पक्षको सक्रिय सहभागिता आवश्यक छ । यसबाट मात्र बढ्दो सवारी दुर्घटनाका कारण हुने मानवीय तथा भौतिक क्षति कम गर्न सहयोग पुग्छ”, प्रहरी उपरीक्षक काफ्लेले भन्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय स्वाभिमानविरुद्ध जाने शक्तिलाई एमालेमा स्थान छैन : महेश बस्नेत
२०८३ असार ६, शनिबार
संवाद, सहमति र लोकतान्त्रिक विधिबाटै नेतृत्व चयन गर्छौँ : रास्वपा महामन्त्री, कविन्द्र बुर्लाकोटी (अन्तवार्ता)
२०८३ असार ६, शनिबार
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
२०८३ असार ६, शनिबार
रास्वपाको महाधिवेशन प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी
२०८३ असार ६, शनिबार
नेकपा नेता महरा सक्रिय राजनीतिबाट बिदा
२०८३ असार ६, शनिबार
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
२०८३ असार ६, शनिबार
एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे
२०८३ असार ६, शनिबार