काठमाडौंः केही कर्मचारीमा कोरोना संक्रमण पुष्टिभएपछि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बन्द गरिएको छ ।
केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र उनीहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेका शिक्षक–कर्मचारी क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले कार्यालय बन्द गरिएको हो ।
कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु असोज २६ गते सोमबारसम्म पूर्णरुपमा बन्द जारी सूचनामा उल्लेख गरिएको छ । यसअघि परीक्षा नियन्त्रकलाई कोरोना संक्रमण भएपछि असोज १५ देखि १८ गतेसम्म कार्यालयका सबै सेवा बन्द गरिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया