असार ८, २०८३ सोमबार June 22, 2026

गोरखामा दुई करोडको लागतमा गोरखनाथ मन्दिर निर्माण

आउँदो फागुन महिनाभित्र निर्माण सम्पन्न गरी मन्दिर सञ्चालनमा ल्याउने तयारी हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गोरखा, ८ असारः गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित आहालडाँडामा करिब रु दुई करोडको लागतमा गोरखनाथको मन्दिर निर्माण अन्तिम चरणमा पुगेको छ ।

गोरखक्षनाथ आश्रमका अध्यक्ष होमसिंह बस्न्यातले मन्दिर निर्माणको काम अहिलेसम्म करिब ७० प्रतिशत सम्पन्न भइसकेको र आउँदो फागुन महिनाभित्र निर्माण सम्पन्न गरी मन्दिर सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।”

शिखरशैलीमा निर्माण गरिएको मन्दिरमा गोरखनाथको मूर्तिसहित प्राणप्रतिष्ठा राखेर सञ्चालनमा ल्याइने अध्यक्ष उहाँकोे भनाइ छ । उहाँका अनुसार आहालडाँडामा मन्दिरका लागि झण्डै ४१७ रोपनी क्षेत्रफल जमिन भोगाधिकारका लागि अधिकार प्राप्त भएको छ ।

मन्दिर परिषद्मा ध्यानकेन्द्र, स्थानीय जातका गौशाला, धर्मशाला, प्रवचनकक्ष, निर्माण गर्ने तयारी भइरहेको छ । त्यस्तै गोरखनाथ कल्याण केन्द्रको सहयोगमा मन्दिर परिसरमा नै गुरुकुल सञ्चालनमा ल्याउन लागिएको उहाँले बताउनुभयो ।

मन्दिरलगायत मन्दिर परिसरमा भौतिक संरचना निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारसँग आर्थिक सहयोग प्राप्त भएको छ । मन्दिर निर्माणका लागि अन्य सङ्घ संस्था र दाताहरुसँग आर्थिक सहयोग भने नलिएको उहाँको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया