काठमाण्डौं । मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको हो ।
हिजो २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ तोलामा १४० रुपैयाँले घटेर ४५९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया