काठमाडौँ। चालु आर्थिक वर्षको प्रथम ११ महिनामा रु २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारीसाधन आयात भएका हुन् ।
उक्त अवधिमा रु पाँच अर्ब ६५ करोडबराबरका ५० किलोवाट क्षमताका तीन हजार ६८० वटा विद्युतीय वाहन आयात भएका छन् । सोही अवधिमा रु १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार बराबरका ५१ किलोवाटदेखि १०० किलोवाटका छ हजार ३५७ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन् । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया