असार ११, २०८३ बिहिबार June 25, 2026

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक

सबै स्थानीय तहका बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, पर्यटन लगायतमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बाजुरा, ११ असार : यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख र गाउँपालिकाका उपाध्यक्षले आर्थिक वर्ष २०८३/८४ का लागि बुधबार बजेट प्रस्तुत गरेका छन् ।

उक्त निकायले सदरमुकाम मार्तडीमा शिक्षा, कृषि, स्वास्थ्य र पूर्वाधारमा जोड दिँदै बजेट नगर तथा गाउँसभामा सार्वजनिक गरेका हुन् ।

बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दाकुमारी थापाले आव २०८३÷८४ का लागि रु ५१ करोड ६९ लाख १९ हजारको बजेट सभामा प्रस्तुत गर्नुभएको छ ।

बुढीगङ्गा नगरपालिकाकी उपप्रमुख माया खड्का (कुँवर) ले आव २०८३÷८४ का लागि रु ५६ करोड ५७ लाख १४ हजार बजेट सभामा पेस गर्नुभयो ।

त्रिवेणी नगरपालिकाले रु ५४ करोड ९५ लाख ७२ हजारको बजेट सभामा प्रस्तुत गर्नुभयो ।

सभामा नगर उपप्रमुख कमलाकुमारी जैशी (न्यौपाने) ले चालुतर्फ रु ३५ करोड १८ लाख ४४ हजार र पुँजीगततर्फ रु १९ करोड ७७ लाख २८ हजार बजेट जाहेर गर्नुभएको हो ।

बुढीनन्दा नगरपालिकाले पनि रु ५७ करोड छ लाख ९६ हजार बजेट सभामा प्रस्तुत गर्नुभएको छ ।

नगर उपप्रमुख रामबहादुर बोहराले चालुतर्फ रु ३७ करोड ९४ लाख ४८ हजार र पुँजीगततर्फ रु १९ करोड, आठ लाख ४८ हजार विनियोजन गर्नुभएको हो ।

हिमाली गाउँपालिकाका उपाध्यक्ष राजकला सार्कीले आव २०८३/८४ का लागि रु ४३ करोड ६८ लाख ३९ हजार बजेट पेस गर्नुभयो ।
उहाँले पुँजीगततर्फ रु १८ करोड एक हजार र चालुतर्फ रु २५ करोड ६८ लाख २१ हजार प्रस्तुत गर्नुभएको हो ।

स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष सुलोचनाकुमारी भण्डारी (बुढा) ले रु ४४ करोड १६ लाख दुई हजार बजेट गाउँसभामा प्रस्तुत गर्नुभएको छ ।

जगन्नाथ गाउँपालिकाले रु ३८ करोड ६३ लाखको बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकाले चालुतर्फ रु २३ करोड ६८ लाख १० हजार ५०० र पुँजीगततर्फ रु १४ करोड ९४ लाख ९० हजार ५०० विनियोजन गरेको छ ।

खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष विसुदेवीनाथले आव २०८३÷८४ का लागि सभामा रु ५३ करोड १५ लाख ६९ हजारको बजेट पेस गर्नुभएको छ ।

गौमूल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले आव २०८३÷८४ का लागि रु ४० करोड ३१ लाख २९ हजार बजेट गाउँसभामा प्रस्तुत गर्नुभयो ।

थापाले गाउँसभामा चालुतर्फ रु २८ करोड ६० लाख २७ हजार र पुँजीगततर्फ रु ११ करोड ७१ लाख दुई हजारको बजेट पेस गर्नुभएको हो ।

सभामा प्रस्तुत गरिएका सबै स्थानीय तहका बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, पर्यटन लगायतमा जोड दिइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
२०८३ असार ११, बिहिबार
इरान युद्धमा ८७ अर्ब डलर माग
२०८३ असार ११, बिहिबार
महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना
२०८३ असार ११, बिहिबार
दक्षिण कोरियामा माछा मार्ने डुङ्गा र एलपिजी ग्यासको ट्याङ्करबीच ठक्करहुदाँ छ जनाको उद्धार, दुई बेपत्ता
२०८३ असार ११, बिहिबार
तरकारी उत्पादनमा दोब्बरले वृद्धि
२०८३ असार ११, बिहिबार
जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री
२०८३ असार ११, बिहिबार
मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश
२०८३ असार ११, बिहिबार