असार १४, २०८३ आइतबार June 28, 2026

सुनसरीबाट लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ

राई र मियाँको साथबाट सत्ताईस ग्राम दुई सय मिलिग्राम लागु औषध ब्राउन बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इनरुवा, असार १४ गते । जिल्ला प्रहरी कार्यालय सुनसरीले लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

धरान उपमहानगर पालिका १६ बाट  धरान उप-महानगरपालिका वडा नं.१३ घर भई धरान १६ मा कोठा भाडा लिई बस्दै आएका ३३ वर्षीय बिक्की राई र जिल्लाको हरिनगर गाउँपालिका वडा नम्बर-२ का २३ वर्षीय अरबाज मियाँलाई पक्राउ गरेको हो  ।

प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार राई र मियाँको साथबाट सत्ताईस ग्राम दुई सय मिलिग्राम लागु औषध ब्राउनसहित पक्राउ गरेको हो ।

लागु औषध र नम्बर प्लेट नभएको एनएस मोटरसाइकल एक थान सहित नियन्त्रणमा लिई लइलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया