मंग्सिर २, २०८३ बुधबार November 18, 2026

भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता

लाखौँ मानिसहरूलाई सरसफाइ र अन्य आधारभूत आवश्यकताहरूको अभाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ला गुआइरा, भेनेजुएला : शक्तिशाली भूकम्प गएको तीन दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्मीहरूले शनिबार भग्नावशेषमा बाँचेकाहरूको खोजी गर्न दौडधुप गरिरहेका छन् ।

शनिबार राति एक ११ बर्षीय बालकलाई सकुशल उद्धार गरिएको छ । आइतबार यो समाचार तयार पार्दासम्म मृतक सङ्ख्या एक हजार ४३० पुगेको पुष्टि भएको छ । समय बित्दै जाँदा भग्नावशेषमा पुरिएका व्यक्तिलाई जीवित अवस्थामा भेट्ने सम्भावना क्षीण बन्दै गएको छ ।

भूकम्पका कारण हजारौँ मानिस वेपत्ता भएका छन् भने ठूलो सङ्ख्यामा घाइते भएका रिपोर्ट प्राप्त भएका छन् ।

पहिल्यै आर्थिक सङ्कट र राजनीतिक अस्थिरताबाट गुज्रिरहेको भेनेजुयलामा भूकम्पको क्षतिका कारण थप सङ्कट आएको छ । जनवरीमा अमेरिकी विशेष बलले तत्कालिन नेता निकोलस मादुरोलाई पक्राउ गरेको थियो ।

लाखौँ मानिसहरूलाई सरसफाइ र अन्य आधारभूत आवश्यकताहरूको अभाव भएको डर छ ।

विशेषज्ञहरूका अनुसार प्राकृतिक विपत्तिपछि पहिलो ७२ घण्टा बाँचेकाहरू फेला पार्ने महत्वपूर्ण समय हो। त्यसपछि खोजी शव निकाल्ने कार्यमा परिणत हुन्छ।

नाम दिन नचाहने एक साल्भाडोरका उद्धारकर्मीले भन्नुभयो, “यो अवस्थामा उनीहरू (वेपत्ता मानिस) जीवित पाउने सम्भावना कम रहन्छ । भगवानको कृपाले केही जीवित मानिसहरू फेला परेमा यो ठूलो चमत्कार हो ।”

देशको उत्तरमा रहेको काराबालेडा शहरमा शनिबार साँझ भग्नावशेषबाट ११ वर्षीय बालकलाई उद्धार गरिएको अन्तरिम नेता डेल्सी रोड्रिगेजले बताउनुभएको छ ।

“भेनेजुएलाका लागि हरेक जीवन आशाको स्रोत हो,” उहाँले उद्धारको भिडियोसहित एक्समा गरेको पोस्टमा लेख्नुभएको छ ।

स्थानीय अधिकारीहरूको प्रतिक्रियाप्रति सार्वजनिक आक्रोश बढिरहेको बेला, अमेरिका समर्थित रोड्रिगेजले सहायताको लागि अन्य देशहरूलाई धन्यवाद दिनुभएको छ।

संयुक्त राज्य अमेरिकाले सिमोन बोलीभर अन्तर्राष्ट्रिय विमानस्थलको एउटा रनवे आंशिक रूपमा सञ्चालनमा रहेको र त्यहाँ सी–१७ अमेरिकी सैन्य विमानहरू अवतरण गर्न सक्ने बताएको छ । यसका साथै एउटा नौसेना जहाज तटमा पुगिसकेको छ ।

बुधबारका दुई भूकम्पमा भत्किएका भवनहरूबाट बाँचेका मानिसहरूको खोजीमा स्थानीय बासिन्दाहरूले मेसिनहरूको अभावमा हातले नै भग्नावशेष हटाउने प्रयास गरिरहेका छन् ।

“यो अत्यन्तै अराजक, गर्मी र अव्यवस्थित छ,” मियामीबाट एक्लै ला गुआइरा आएका ४३ वर्षीय अष्ट्रेलियन अग्नि नियन्त्रक क्रेग डेमिलोनले भन्नुभयो, “आशा छ, अझै पनि धेरै मानिसहरू फेला पार्न सकिनेछ।”

संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुख टम फ्लेचरले शुक्रबार एएफपीसँग भन्नुभयो, “अहिलेसम्मको अनुमान अनुसार ५० हजारभन्दा बढी मानिस बेपत्ता रहेका छन् ।”रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाको महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित हुनुहुँदैन : ज्ञानेन्द्र शाही
२०८३ मंग्सिर २, बुधबार
टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छ : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ मंग्सिर २, बुधबार
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
एमालेको राष्ट्रिय भेलाः जनजीवनदेखि पार्टीभित्रका समस्या केलाइँदै
२०८३ मंग्सिर २, बुधबार
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो
२०८३ मंग्सिर २, बुधबार