असार २१, २०८३ आइतबार July 5, 2026

मालदह आँपको मूल्य बढ्यो

मालदह आँप अब करिब १० दिनसम्म मात्रै उपलब्ध हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा यसको मूल्य दोब्बरले बढेको छ । तर किसानले भने आफूहरूले उचित मूल्य नपाएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले शीतभण्डार, प्रशोधन र प्रभावकारी बजार व्यवस्थापनको माग गरेका छन् ।

दुई साताअघिसम्म रु १०० मा साढे दुई केजी आँप बिक्री भइरहेकामा अहिले प्रतिकेजी रु १०० मा भइरहेको छ । किसानका बगैँचामा मालदह आँप सकिन लाग्दा व्यापारीले मूल्य बढाएको तर आफूहरूले भने मूल्य नपाएको किसानको गुनासो छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का किसान उमेश यादवले बजार मूल्य बढे पनि त्यसको लाभ किसानले नपाएको बताउनुभयो । उहाँले किसानबाट सस्तोमा खरिद गरिएको आँप बजारमा महँगो मूल्यमा बिक्री भइरहेकाले प्रभावकारी बजार अनुगमन र मूल्य व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मिथिला नगरपालिकाका कृषक धनिकलाल महतोले असार १५ पछि धान रोपाइँ सुरु हुने भएकाले किसानले बगैँचाबाट आँप समयमै बिक्री गर्न बाध्य हुने र व्यापारीले यही अवस्थाको फाइदा उठाएर कम मूल्यमा खरिद गर्ने गरेको बताउनुभयो ।

उहाँले शीतभण्डार, प्रशोधन केन्द्र र व्यवस्थित बजारको अभावका कारण किसानले उत्पादनको उचित मूल्य नपाइरहेको उल्लेख गर्दै उत्पादनको मूल्य सुनिश्चित गर्न सरकारी पहल आवश्यक रहेको बताउनुभयो ।

आँप व्यापारीका अनुसार बम्बई जातको आँप बजारबाट लगभग सकिएको छ भने मालदह आँप अब करिब १० दिनसम्म मात्रै उपलब्ध हुनेछ । त्यसपछि कलकत्तिया र आम्रपाली जातका आँप बजारमा आउनेछन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्र मन्त्रालयका १०० दिनः प्रभावकारी सेवा प्रवाहदेखि आर्थिक कूटनीति विस्तारसम्म
२०८३ असार २१, आइतबार
सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन
२०८३ असार २१, आइतबार
‘सरकारले निजी क्षेत्रलाई अपराधीझैँ व्यवहार गरिरहेको छ’ : सभापति थापा
२०८३ असार २१, आइतबार
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छः महामन्त्री पौडेल
२०८३ असार २१, आइतबार
विकेश साहको अध्यक्षतामा कमन जेनजी नेपालको केन्द्रीय कमिटी पुनर्गठन
२०८३ असार २१, आइतबार
डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते
२०८३ असार २१, आइतबार
मालदह आँपको मूल्य बढ्यो
२०८३ असार २१, आइतबार