असार २२, २०८३ सोमबार July 6, 2026

बेलौरीका तीन स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान

हाइड्रेन्ट जडानपछि आकस्मिक आगलागीमा तत्काल उद्धार तथा नियन्त्रण गर्न सहज हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुर, २२ असारः आगलागीका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले बेलौरी नगरपालिकाले बेलौरी, कलकता र गोकुलपुर बजारमा तीन वटा फायर हाइड्रेन्ट जडान गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) नेपालको आर्थिक सहयोगमा प्रतिहाइड्रेन्ट रु ७५ हजारको लागतमा फायर हाइड्रेन्ट जडान गरिएको हो । सो हाइड्रेन्टको परीक्षण सेवा सञ्चालन भइसकेको छ ।

नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अशोक पाण्डेले “फायर हाइड्रेन्ट सडक किनार वा सार्वजनिक स्थानमा जडान गरिने पानी आपूर्ति प्रणाली भएकाले आगलागी भएको अवस्थामा दमकलले ट्याङ्कीमा पानी भर्न समय खर्च नगरी सिधै हाइड्रेन्टमा पाइप जडान गरेर निरन्तर पानी आपूर्ति गर्न सकिन्छ ।” भन्नुभयो ।

गोकुलपुरका स्थानीय रामबहादुर चौधरीले हाइड्रेन्ट जडानपछि आकस्मिक आगलागीमा तत्काल उद्धार तथा नियन्त्रण गर्न सहज हुने बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
२०८३ असार २२, सोमबार
धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने
२०८३ असार २२, सोमबार
सानो राष्ट्रको ठूलो सपना: केप भर्डेको विश्वकप यात्रा सम्झनलायक
२०८३ असार २२, सोमबार
सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रम मन्त्रालय
२०८३ असार २२, सोमबार
अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र युक्रेन पठाएको भन्दै पोल्याण्डमा विवाद
२०८३ असार २२, सोमबार
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको संख्या ३ हजार ३४२ पुग्यो
२०८३ असार २२, सोमबार
बेलौरीका तीन स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान
२०८३ असार २२, सोमबार