असार ३०, २०८३ मंगलबार July 14, 2026

सडक चौपायाको व्यवस्थापनमा पोखरा महानगरको सक्रियता

गाईगोरुको संरक्षण भएसँगै उक्त ठाउँ गोकुलधामका रुपमा चिनिन थाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, ३० असारः सडकमा छाडा छोडिएका ३२० चौपायाको व्यवस्थापन गरिएको छ । पोखरा महानगरपालिकाले बेवारिसेपूर्वक स्वतन्त्र छोडिएका जनावरको उचित संरक्षण गरेको हो ।

सडक दुर्घटना हुनबाट जोगाउन जनावरलाई ‘पुष्करणी परोपकार गोकुलधाम’ (गौशाला) मार्फत हेरचाह गरिएको छ । प्राप्त दूध र कम्पोष्ट मल बिक्री गरी गोलधामले रचनात्मक काम सुरु गरेको छ ।

महानगरको जनावर उद्धार वाहनमार्फत चौपायालाई पोखरा–१४ बाच्छिवुडुवामा पु¥याइएको नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सडकमा बेवारिसे भेटिएका चौपायालाई उद्धार गरी गौशालासम्म पु¥याउने गरेका छौँ ।”

गाईगोरुको संरक्षण भएसँगै उक्त ठाउँ गोकुलधामका रुपमा चिनिन थालेको छ । गौशलामा गाई, गोरु र बाच्छाबाच्छी गरी ३२० भन्दा बढी चौपाया छन् । गौशला सञ्चालनका लागि महानगरले बर्सेनि आर्थिक सहयोग दिँदै आएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेटवार्ता
२०८३ असार ३०, मंगलबार
उपराष्ट्रपति आज कतारको औपचारिक भ्रमणमा जानुहुँदै
२०८३ असार ३०, मंगलबार
विश्वविद्यालयमा १० प्रतिशत छात्रवृत्ति सुनिश्चित गर्न उपकुलपतिको संयुक्त पहल
२०८३ असार ३०, मंगलबार
नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने
२०८३ असार ३०, मंगलबार
बाढी आउँदा विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
२०८३ असार ३०, मंगलबार
मधेस प्रदेशसभा बैठकः बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने
२०८३ असार ३०, मंगलबार
धरान विद्युत् कार्यालयको गाडी दुर्घटनाः दुईको मृत्यु, एक घाइते
२०८३ असार ३०, मंगलबार