श्रावण १, २०८३ शुक्रबार July 17, 2026

रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो

नुवाकोट, धादिङ र काठमाडौँलगायतका क्षेत्रमा रसुवाको आलु खपत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रसुवा । रसुवाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन भएको बर्खे आलु बजारमा पुग्न थालेको छ । असारको अन्तिम सातादेखि आलु खन्न सुरु भएसँगै व्यापारीहरू किसानको घरघरमै पुगेर आलु खरिद गर्न थालेका छन् ।

आलु उत्पादक किसान योपासाङ थोक्रा तामाङका अनुसार किसानले प्रतिपाथी रु १२० का दरले आलु बिक्री गरिरहेका छन् । यस वर्ष बजारमूल्य राम्रो रहेकाले किसान उत्साहित भएका छन् । अर्का किसान रामकाजी थोक्राले फागुनमा रोपिएको आलु यस वर्ष हिउँदे वर्षा राम्रो भएकाले उल्लेख्य उत्पादन भएको बताए। उत्पादन बढेसँगै किसानले राम्रो आम्दानीको अपेक्षा गरेका छन् ।

नुवाकोटका उपभोक्ता जनार्दन न्यौपानेका अनुसार प्राङ्गारिक मल प्रयोग गरी उत्पादन गरिने आलु स्वादिष्ट र गुणस्तरीय हुने भएकाले वर्षभर नै रसुवाकै आलु उपभोग गर्ने गरिएको छ ।

रसुवाको यार्सा, भार्लेको माथिल्लो क्षेत्र, राम्चे, धुञ्चे, हाकु, नेसिङ, ग्रे, भार्खु, स्याफ्रु, बृद्धिम, टिमुरेको खैदी, थुमन, चिलिमेको टेचाङ्दे, गोल्जुङ तथा गत्लाङलगायतका क्षेत्रमा बर्खे आलुको व्यावसायिक उत्पादन हुँदै आएको छ । गत वर्षको तुलनामा आलु उत्पादन बढेकाले जिल्ला बाहिरसमेत खपत हुन थालेको छ । नुवाकोट, धादिङ र काठमाडौँलगायतका क्षेत्रमा रसुवाको आलु खपत हुने गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
करार कर्मचारी व्यवस्थापनः सेवानिवृत्तलाई बिदाइ
२०८३ श्रावण १, शुक्रबार
नयाँ आर्थिक वर्षमा गोलञ्जोरको नयाँ भवनबाट सेवा प्रवाह सुरु
२०८३ श्रावण १, शुक्रबार
प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार
२०८३ श्रावण १, शुक्रबार
आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३% समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो
२०८३ श्रावण १, शुक्रबार
आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
२०८३ श्रावण १, शुक्रबार
प्रधानमन्त्री शाह फुटवेयर एसोसिएसनका पदाधिकारीसँग छलफल गर्दै
२०८३ श्रावण १, शुक्रबार
मिटरब्याज पीडित र सरकारबीच सम्झौता गर्न वार्ता जारी
२०८३ श्रावण १, शुक्रबार