असोज २१, २०८३ बुधबार October 7, 2026

मकवानपुर प्रशासनद्वारा ‘ट्राभल एडभाइजरी’ जारी

रातिको समयमा तथा निरन्तर वर्षा भइरहेका बेला अनावश्यक यात्रा नगर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बागमती, ३ साउनः मौसमजन्य सम्भाव्य प्रकोपलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार सूचना प्रकाशित गर्दै ‘ट्राभल एडभाइजरी’ जारी गरेको छ ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जारी गर्नुभएको सूचनामा देशभर मनसुनी वर्षा सक्रिय रहेको तथा जल तथा मौसम विज्ञान विभागबाट जारी पूर्वानुमानअनुसार बागमती प्रदेशसहित मकवानपुर जिल्ला र आसपासका क्षेत्रमा भारीदेखि अतिभारी वर्षा भई बाढी, पहिरो, सडक कटान, डुबान तथा गेग्रान बहावको उच्च जोखिम रहेको उल्लेख गरिएको छ ।

सम्भावित विपद्बाट हुनसक्ने मानवीय तथा भौतिक क्षति कम गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षित आवागमन सुनिश्चित गर्न प्रशासनले मकवानपुर–काठमाडौँ, मकवानपुर–चितवन, मकवानपुर–ललितपुर तथा मकवानपुर–सिन्धुली सडकमार्ग प्रयोग गर्ने सम्पूर्ण यात्रु, सवारी चालक, यातायात व्यवसायी तथा सर्वसाधारणका लागि ट्राभल एडभाइजरी जारी गरेको हो ।

सूचनाअनुसार विपद् जोखिमका सम्भावनाका कारण शनिबार साँझदेखि आइतबार बिहान ५.०० बजेसम्म हेटौँडा हुँदै देउराली काठमाडौँ जाने सवारीसाधनलाई चौकीटोलमा रोकिने र कान्ति राजमार्ग हुँदै ललितपुर जाने सवारीसाधनलाई पूर्वसूचनाअनुसार शनिबार साँझ ६.०० बजेदेखि चौघडामा नै रोकिने छ ।

प्रशासनले रातिको समयमा तथा निरन्तर वर्षा भइरहेका बेला अनावश्यक यात्रा नगर्न, पहिरो, बाढी, सडक कटान तथा नदी–खोल्साको बहाव बढ्न सक्ने जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । नदी, खोला तथा खोल्सामा पौडी खेल्न, नुहाउन वा किनारमा अनावश्यक रूपमा नजान तथा बालबालिकालाई पनि त्यस्ता स्थानमा जान नदिन पनि आग्रह गरिएको छ ।

सडक अवरुद्ध वा जोखिमपूर्ण अवस्था सृजना भएमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायको निर्देशन पालना गरी सुरक्षित स्थानमा बस्न, पानी बगिरहेको सडक, पुल वा डुबान भएको स्थान पार गर्ने प्रयास नगर्न आग्रह गरिएको छ । लामो दूरीको यात्रा सुरु गर्नुअघि सम्बन्धित सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गर्र्दै प्रशासनले आपतकालीन अवस्थामा नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बल नेपालको १११४, ट्राफिक प्रहरीको १०३, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (विपद्)को १२३४ र एम्बुलेन्सको लागि १०२ नम्बरमा खबर गर्न पनि आग्रह गरेको छ ।

अफवाह वा अपुष्ट सूचनामा विश्वास नगरी जिल्ला प्रशासन कार्यालय, मकवानपुर बथा सम्बन्धित सुरक्षा निकायबाट जारी आधिकारिक सूचनाको मात्र पालना गर्न प्रशासनले आग्रह गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काँग्रेस महाधिवेशनः १० बजेदेखी मतदान, कुन प्रदेशको कहाँ, हेर्नुहोस् ?
२०८३ असोज २१, बुधबार
Money Laundering Department Raids Homes of Former Chief Justice Rana and Associates
२०८३ असोज २१, बुधबार
संसदीय टोली विपद् प्रभावित क्षेत्रको अवलोकन गर्दै
२०८३ असोज २१, बुधबार
उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयक प्रतिवेदन पारित
२०८३ असोज २१, बुधबार
महामन्त्री गुरुराज घिमिरेको प्रतिवेदन पारित
२०८३ असोज २१, बुधबार
कांग्रेसको महाधिवेशन ऐतिहासिक, नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे
२०८३ असोज २१, बुधबार
दक्षिण कोरियाको अन्तरिक्ष अभियानमा ठूलो सफलता, ‘नुरी’ले १५ उपग्रह पठायो
२०८३ असोज २१, बुधबार