असार २३, २०८२ सोमबार July 7, 2025

भारतमा नेपाली युवती बेचेको अभियोगमा एकजना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भारतमा लगेर नेपाली युवती बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले भारतको मुम्बइमा युवती बेचेको आरोपमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ का ५२ वर्षीय टाउटाउ तामाङलाई पक्राउ गरेको हो ।

तामाङलाई ब्यूरोको टोलीले काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बाट पक्राउ गरेको हो । तामाङले न्यून आर्थिक अवस्था र अशिक्षित २० वर्षीया युवतीलाई राम्रो तलव र सुविधा हुने भन्दै बुलाएर बेचेका थिए ।

पक्राउ परेका तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया