काठमाण्डौं । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक बुधबार दोहोरो अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अंकले घटेर २ हजार ७१२ दशमलव ५४ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव १० अंकले घटेर ४७० दशमलव ३१ मा पुगेको छ । फ्लोट सूचक ० दशमलव ७७ अंकले घटेर १८५ दशमलव ८५ मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक भने ० दशमलव ५८ अंकले घटेर १५९ दशमलव ४३ मा रहेको छ ।
बुधबार विभिन्न कम्पनीका १ करोड १३ लाख ६२ हजार ४६५ कित्ता सेयर ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार ७३ मूल्यमा खरिद बिक्री भएको छ । १३ उपसमूहमध्ये २ उपसमूह बढ्यो भने ११ उपसमूह घटेको छ ।
बुधबार ७७ कम्पनीको शेयर बढ्यो भने १९३ कम्पनीको शेयर घटेको छ ।
त्यसैगरी ७ कम्पनीको शेयर स्थिर रह्यो । नेप्सेका अनुसार बुधबार एभरेष्ट कलर लिमिटेड, भुगोल हाइड्रोपावर साल्पा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । त्यस्तैगरी एनसीसी डिबेञ्जर, नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर, एनबीबीएल डिबेञ्चरका लगानीकर्ताले गुमाएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया