काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य उल्लेख्यरुपमा घटेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा ५ हजार ८०० र चाँदी १५५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३५० रुपैयाँ निर्धारण भएको छ ।
हिजो एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार ३०० र त्यति नै परिमाणको सेतो धातु चार हजार ५०५ रुपैयाँ मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया