काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन–चाँदी दुवैको मूल्य घटेको छ ।
हिजो सोमबार तोलामा एक हजार ४०० रुपैयाँ बढेको सुनको भाउ आज मंगलबार चार हजार ३०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार दुई लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज मंगलबार चाँदी चार हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार चार हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ३५ रुपैयाँ घटेको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया