असोज ३, २०८३ शनिबार September 19, 2026

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुला

लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १४ साउन । लक्ष्मी सनराइज बैंक लिमिटेडले आजदेखि ३ अर्ब रुपैयाँ बराबरको ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ बिक्रीका लागि सार्वजनिक निष्कासन खुला गरेको छ। बैंकले प्रतिकित्टा १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र जारी गरेको हो।

कुल निष्कासनमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ। सार्वजनिक निष्कासनतर्फको ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

१० वर्ष अवधि र ७ प्रतिशत वार्षिक ब्याजदर रहेको यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। आवेदन सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत दिन सकिनेछ। छिटोमा साउन १९ गते र ढिलोमा साउन २८ गते बैंकिङ समयपछि बिक्री बन्द हुनेछ। ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘संविधानका विभेदकारी प्रावधान सच्याउन पुनर्लेखनसम्म जानुपर्छ’ : जसपा अध्यक्ष, उपेन्द्र यादव (अन्तवार्ता)
२०८३ असोज ३, शनिबार
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना
२०८३ असोज ३, शनिबार
संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड
२०८३ असोज ३, शनिबार
कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि वडा तहबाट सुरु
२०८३ असोज ३, शनिबार
पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
२०८३ असोज ३, शनिबार
आज कागे अष्टमी पर्व मनाइँदै
२०८३ असोज ३, शनिबार
परिवारले मृत्यु स्वीकारे, राज्यको सूचीमा अझै बेपत्ता
२०८३ असोज ३, शनिबार