श्रावण १९, २०८३ मंगलबार August 4, 2026

एक वर्षमा ३३३ उद्योग दर्ता

घरेलु तथा साना उद्योगहरू दर्ता गर्नेहरूमा महिलामात्रै १४५

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौं । चितवन जिल्लामा गत आर्थिक वर्षमा ३३३ वटा उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा ती उद्योग तथा वाणिज्यका व्यवसाय दर्ता भएका हुन् । त्यस्तै वाणिज्यतर्फ ३७९ वटा नयाँ फर्म दर्ता भएका छन् ।
कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार उद्योग तथा वाणिज्यतर्फ रु ९३ करोड १५ लाख ८९ हजार ९७९ पुँजी रहेको छ । जिल्लामा नयाँ लगानी गर्नेमा उद्योगतर्फ महिला १६७, पुरुष १७० र एउटा फर्म रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार ती उद्योगमा ६९० महिला र ९५२ जना पुरुषले रोजगार पाएका छन् ।
हाल जिल्लामा १६ हजार ५१८ घरेलु तथा साना उद्योग सञ्चालनमा छन् । उहाँका अनुसार १७ हजार ७३४ वटा वाणिज्यसँग सम्बन्धित व्यवसाय सञ्चालमा रहेका छन् । गत आर्थिक वर्षमा जिल्लामा दर्ता भएका ३०३ वटा उद्योग तथा ४४५ वटा वाणिज्यसँग सम्बन्धित कार्यालय बन्द भएका छन् । व्यवसाय नचलेर, वृद्धावस्थामा पुगेर, वैदेशिक रोजगारीमा जानुपर्ने जस्ता कारणले उद्योग तथा वाणिज्यमा लगानी कर्ताहरूले बन्द गराएको उहाँले बताउनुभयो ।
घरेलु तथा साना उद्योगहरू दर्ता गर्नेहरूमा महिला १४५ र दलित तीन जनाले दर्ता शुल्कमा छुट प्राप्त गरेको कुमालले जानकारी दिनुभयो ।
यस्तै, वाणिज्यतर्फ महिला २००, दलित १५ र अपाङ्ग एक जनाले दर्ता शुल्क छुट पाएका छन् । उनीहरूले रु ३३ लाख १६ हजार छुट पाएको उहाँले बताउनुभयो । महिला, दलित, अपाङ्गलाई फर्म दर्तामा शुल्क लाग्दैन ।
कार्यालयमा गत आर्थिक वर्षमा दुई हजार ९६८ वटा उद्योगतर्फ र वाणिज्यतर्फ तीन हजार ६७५ वटा नवीकरण भएका छन् । समयमा नवीकरण नगर्ने उद्योग तथा वाणिज्यतर्फका कार्यालयहरूलाई जरिवाना गरिने उहाँले बताउनुभयो । अनुगमनका क्रममा त्यस्तो भेटिएमा उनीहरूलाई कारबाही गरिने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार