श्रावण २५, २०८३ सोमबार August 10, 2026

सुनको मूल्य तोलामा चार हजार आठ सयले वृद्धि

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २४ साउनः स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु चार हजार ८००ले वृद्धि भई रु तीन लाख एक हजार ७०० कायम भएको छ । गत शुक्रबार एक तोला सुन ा रु दुई लाख ९६ हजारमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ६५ ले बढेर रु चार हजार ६४५ पुगेको छ । शुक्रबार एक तोला चाँदी रु चार हजार ५८० मा किनबेच भएको थियो । प्रतितोला रु चार हजार ५७० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ३४३ र चाँदीको मूल्य प्रतिऔँस ६३ अमेरिकी डलर कायम भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया