श्रावण २७, २०८३ बुधबार August 12, 2026

यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व

सबैभन्दा धेरै सवारीसाधन करबाट रु १० करोड ९३ लाख ९१ हजार १८४ राजस्व सङ्कलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इलाम, २७ साउनः यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२÷८३ मा रु १४ करोड ६३ लाख ९६ हजार १४४ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले अघिल्लो आवभन्दा गत आवमा रु ८१ लाख ९२ हजार ६२७ ले बढी राजस्व सङ्कलन गरेको लेखा शाखा प्रमुख पूर्ण राईले जानकारी दिनुभयो । यो अघिल्लो आवको तुलनामा पाँच दशमलव छ प्रतिशतले बढी हो ।

कार्यालयले अघिल्लो आव ०८१÷८२ मा रु १३ करोड ८२ लाख तीन हजार ५१७ राजस्व सङ्कलन गरेको थियो । त्यसअघि आव ०८०÷८१ मा रु ११ करोड ३२ लाख ६१ हजार ६७८ मात्र राजस्व उठाएको थियो ।

कार्यालयले सबैभन्दा धेरै सवारीसाधन करबाट रु १० करोड ९३ लाख ९१ हजार १८४ राजस्व सङ्कलन गरेको छ । सवारी चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु दुई करोड आठ लाख ६४ हजार ४५० प्राप्त गरेको थियो । त्यस्तै, यातायात क्षेत्रको आम्दानीबाट रु एक करोड २० लाख ६८ हजार ७९० सङ्कलन भएको लेखा शाखा प्रमुख राईले जानकारी दिनुभयो ।

त्यस्तै, आयकरबाट रु ४० लाख चार हजार ३२०, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट रु ३१ हजार ३००, व्यवसाय रजिस्ट्रेसन दर्ता दस्तुरबाट रु नौ हजार १०० र अन्य प्रशासनिक सेवा शुल्कबाट रु २७ हजार राजस्व सङ्कलन गरेको थियो ।

त्यसैगरी, नेपाल–भारत सीमाक्षेत्र पशुपतिनगरमा स्थापना गरिएको सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्रबाट रु ९५ लाख दुई हजार ९०० उठाएको थियो । यहाँको यातायात व्यवस्था सेवा कार्यालयको कार्यक्षेत्र इलामसँगै पूर्वी पहाडी जिल्लाहरू पाँचथर र ताप्लेजुङ भए पनि झापासहितका सेवाग्राहीहरू पनि सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन आउने गरेको कार्यालय प्रमुख गोपाल दाहालले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कृषि, वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सिर्जना गरिनेछ: मन्त्री चौधरी
२०८३ श्रावण २७, बुधबार
राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व
२०८३ श्रावण २७, बुधबार
रवि लामिछानेको आठदिने चीन भ्रमण तय, उपराष्ट्रपति र विदेशमन्त्रीसँग भेटवार्ता हुने
२०८३ श्रावण २७, बुधबार
स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण
२०८३ श्रावण २७, बुधबार
धनकुटाको भेडेटार ‘स्काइवाक’ नयाँ पर्यटकीय गन्तव्य
२०८३ श्रावण २७, बुधबार
यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व
२०८३ श्रावण २७, बुधबार
म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो
२०८३ श्रावण २७, बुधबार