असोज २०, २०८३ मंगलबार October 6, 2026

मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

मृतकका परिवारलाई राहतस्वरूप टर्मिनल भवन निर्माणकर्ता बुढी इन्टरनेसनल कन्स्ट्रक्सन प्रालिले तत्काल रु १० लाख उपलब्ध गराउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुगु, २ भदौः रारा विमानस्थलमा निर्माणाधीन शौचालयका लागि खनिएको खाल्डोमा डुबेर मृत्यु भएका बालकका परिवार र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सहमति भएको छ ।

गत साउत ३० गते विमानस्थलमा निर्माणाधीन शौचालयका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर छायाँनाथ रारा नगरपालिका–४ ताल्चाका ११ वर्षीय गौरव भामको मृत्यु भएको थियो ।

ठेकेदारले खनेको खाल्डोमा वर्षाको पानी जमेको र सुरक्षाका लागि घेराबार नगरी खुला छाडिएको अवस्थामा बालकको डुबेर मृत्यु भएको परिवारको भनाइ छ । घटनापछि पीडित परिवारले उचित राहत तथा विमानस्थलको सुरक्षा व्यवस्थामा ध्यान दिन माग गर्दै विरोध गर्दै आएका थिए ।

सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरण प्रतिनिधि र पीडित परिवारबीच नेपाल नागरिक उड्डयन कार्यालय नेपालगन्ज परिसरमा सहमति भएको हो ।

सहमतिअनुसार मृतक बालक गौरवका बुवा जयबहादुर भामलाई योग्यता र क्षमताअनुसार उपयुक्त करार सेवाको रोजगारीका लागि नागरिक उड्डयन कार्यालय रारा विमानस्थलमार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणमा सिफारिस गरिनेछ ।

त्यस्तै, मृतकका परिवारलाई राहतस्वरूप टर्मिनल भवन निर्माणकर्ता बुढी इन्टरनेसनल कन्स्ट्रक्सन प्रालिले तत्काल रु १० लाख उपलब्ध गराउने र मृतकका परिवारले जिल्ला प्रहरी कार्यालय मुगुमा दिएको जाहेरी तथा उजुरी फिर्ता लिने सहमति भएको छ ।

सहमति कार्यान्वयनका लागि सहजीकरण गरिने छायाँनाथ रारा नगरपालिका–८ का वडाध्यक्ष कर्णबहादुर रावलले जानकारी दिनुभयो ।

ठेकेदार पक्षको लापरबाही, मृतक परिवारलाई राहत तथा यात्रु टर्मिनल भवन निर्माणमा भएको ढिलाइबारे मुगुबाट निर्वाचित सङ्घीय सांसद खड्गबहादुर शाहीले सोमबारको संसद् बैठकमा ध्यानाकर्षण गराउनुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Communication Ministry signs performance agreement with subordinate bodies
२०८३ असोज २०, मंगलबार
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार