भाद्र ३, २०८३ बुधबार August 19, 2026

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ०८ अङ्कले घटेर ४६१ विन्दुमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, भदौ ३ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव २६ अङ्कले घटेर दुई हजार ६२२ दशमलव २२ मा सिमित भएको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ०८ अङ्कले घटेर ४६१ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ०२ अङ्कले घटेर १७९ दशमलव ९५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने आज स्थिर रहँदै १५५ दशमलव ७५ मा पुगेको छ ।

विभिन्न कम्पनीका ९५ लाख आठ हजार ८८२ कित्ता सेयर रु तीन अर्ब २९ करोड ८० लाख १९ हजार ५७१ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये पाँच उपसमूह बढ्यो भने आठ उपसमूह घटेको छ । आज १११ कम्पनीको शेयर बढ्यो भने १४९ कम्पनीको शेयर घट्यो । त्यसैगरी १८ कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज सर्वोत्तम पेन्ट्स इन्डिष्ट्रज, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी र आरबिबी म्युचुअल फण्डका लगानीकर्ताले कमाएका छन् । त्यस्तै गरी मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनी, आइसिएफसी डिबेञ्चर, सन्राइज ब्लुचिप फण्डका लगानीकर्ताले गुमाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमतीमा एमालेलाई मुख्यमन्त्री, नेकपालाई सभामुख र राप्रपालाई तीन मन्त्रालयको भागवण्डा
२०८३ भाद्र ३, बुधबार
भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता
२०८३ भाद्र ३, बुधबार
दुर्गा प्रसाईंको राजनीतिक स्वार्थका कारण धर्नामा रहेका नागरिकको जीवन सङ्कटमा
२०८३ भाद्र ३, बुधबार
युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने बेलायतको प्रतिबद्धता
२०८३ भाद्र ३, बुधबार
निर्णय नमान्ने बागमतीका सांसद कारबाहीका भागीदार : लिङदेन
२०८३ भाद्र ३, बुधबार
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने सरकारको निर्णय
२०८३ भाद्र ३, बुधबार
‘बालश्रमसम्बन्धी विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८३ भाद्र ३, बुधबार