भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

ट्याक्टर चालकलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा प्रहरीद्धारा अनुसन्धान सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। सर्लाहीको मलङ्गवा नगरपालिका-८ स्थित सडकमा ज१त ५२४६ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री गोडैता नगरपालिका-५ बस्ने २३ वर्षीया गुरीया कुमारीको आज मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएकी गुरीयाको प्रादेशिक अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । प्रहरीका अनुसार प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको छ ।

त्यस्तै, कपिलवस्तुको कपिलवस्तु नगरपालिका-१ आन्दोलन चोकस्थित सडकमा कृष्णनगरबाट भैरहवातर्फ जाँदै गरेको ना५ख २३६० नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री कपिलवस्तु-२ बर्गदवा बस्ने २२ वर्षीया निशा गद्दीको आज दिउँसो मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएकी निशाको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ
२०८३ भाद्र ६, शनिबार
इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति
२०८३ भाद्र ५, शुक्रबार
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ५, शुक्रबार
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
२०८३ भाद्र ५, शुक्रबार
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
२०८३ भाद्र ५, शुक्रबार
‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’:महामन्त्री
२०८३ भाद्र ५, शुक्रबार
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
२०८३ भाद्र ५, शुक्रबार