भाद्र ७, २०८३ आइतबार August 23, 2026

सञ्चारमन्त्री डा तिमिल्सिनाबाट पहिरो प्रभावित बस्तीको निरीक्षण

जोखिममा परेका घरपरिवारलाई सुरक्षित स्थानमा स्थान्तरणको प्रक्रिया अघि बढाउन जिल्लास्थित निकायको ध्यानाकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

त्रिशूली (नुवाकोट), ७ भदौः सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले आज नुवाकोटको विभिन्न स्थानका पहिरो र त्यसका कारण जोखिममा परेका बस्तीको अवलोकन गर्नुभएको छ ।

अवलोकनपश्चात् पहिरोबाट प्रभावित घरपरिवारलाई तत्कालै सुरक्षित स्थानमा स्थान्तरणसहित आवश्यक बन्दोबस्ती मिलाउन मन्त्री डा तिमिल्सिनाले निर्देशन दिनुभयो । नुवाकोट–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यका रुपमा मन्त्री डा तिमिल्सिनाले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पञ्चकन्या, शिवपुरी र लिखु गाउँपालिकाको विभिन्न स्थानमा यही भदौ ४ र ५ गते राति परेको अविरल वर्षाका कारण पुगेको क्षतिको स्थलगत निरीक्षण एवम् प्रभावित बासिन्दासँगको अन्तरक्रियापश्चात् जोखिममा परेका घरपरिवारलाई सुरक्षित स्थानमा स्थान्तरणको प्रक्रिया अघि बढाउन जिल्लास्थित निकायको ध्यानाकर्षण गराउनुभयो ।

“स्थानीय सरकार र स्थानीय प्रशासनमार्फत तत्कालै भएका उद्धार, राहत र व्यवस्थापन प्रभावकारी रहेछ”, मन्त्री डा तिमिल्सिनाले भन्नुभयो, “पहिरोको जोखिमको जतिसक्दो चाँडो प्राविधिक अध्ययन गरेर बसोबासको लागि उपयुक्त भए÷नभएको यकीन गरेर बस्ती स्थान्तरण गर्नुपर्ने भएकाले सङ्घीय सरकारकोतर्फबाट आवश्यक सहजिकरण गर्नेछौँ ।”

स्थलगत निरीक्षणका क्रममा पञ्चकन्या गाउँपालिकाको अध्यक्ष तेजबहादुर तामाङले मन्त्री डा तिमिल्सिनासहित जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं नुवाकोटका प्रमुख जिल्ला अधिकारीसहितको सरोकारवालालाई वडा नं ३ र ४ र ५ को विभिन्न स्थानमा गएको पहिरो र त्यसले पु¥याएको क्षतिको जानकारी गराउनुभएको थियो ।

यही भदौ ४ गते राती परेको अविरल वर्षाका कारण पञ्चकन्या–४ स्थित बोकेडाँडामा ११ घरपरिवार बसोबास गर्दै आएको बस्ती जोखिममा परेपछि प्रभावित भएका बासिन्दासँग मन्त्री डा तिमिल्सिनाले भेटेर अन्तरक्रिया र उहाँहरुको गुनासो सुन्नुभयो । प्रभावित बासिन्दाले घर फर्कनसक्ने अवस्था नभएकाले बस्ती नजिकै सुरक्षित स्थानमा बसोबास मिलाइदिन माग गरेका छन् । जवाफमा मन्त्री डा तिमिल्सिनाले स्थानीय र जिल्लास्थित विपद् व्यवस्थापन समितिमार्फत प्राविधिक अध्ययनका आधारमा सोहीअनुसार तीन तहका सरकारबीच सहकार्य गरेर प्रभावितको मागको सम्बोधन गरिने स्पष्ट पार्नुभयो ।

“प्रभावित बासिन्दालाई सुरक्षित स्थानमा स्थान्तरणसहित आवश्यक पूर्वाधारका संरचना निर्माण गर्नुपर्ने दायित्व रहेको छ । तत्काल र दीर्घकालीन योजना बनाई सोहीअनुसार प्रक्रिया अगाडि बढाउन सरोकार राख्ने सम्पूर्ण निकायबाट आवश्यक कदम अघि बढाउने विश्वास दिलाउँछौँ”, मन्त्री डा तिमिल्सिनाले भन्नुभयो ।

बाढी, पहिरोबाट शिवपुरी र लिखु गाउँपालिकाको विभिन्न बस्तीका जोखिममा परेका घरपरिवार र क्षति पुगेका भौतिक संरचनाको अवलोकनपश्चात् आगामी दिनमा समयमै पूर्वतयारीमा जोड दिन सञ्चारमन्त्री डा तिमिल्सिनाले मातहतलाई निर्देशन दिनुभयो । शिवपुरी गाउँपालिका–५ स्थित खनेखर्कमा वीरबहादुर लामाको घरगोठमा पहिरोले जोखिम पु¥याएको थियो भने मध्यपहाडी लोकमार्गको पक्की पुलमा क्षति पु¥याएको थियो ।

यस्तै लिखु–१ स्थित खहरे खोलामा आएको बाढीले स्थानीयस्तरमा पु¥याएको जोखिमसहित कृषिबालीमा पुगेको क्षतिको अवलोकनपश्चात् प्रभावितलाई न्याय पुग्ने गरेर संयुक्त सम्बोधन गरिने मन्त्री डा तिमिल्सिनाले प्रतिबद्धता जनाउनुभयो । पछिल्लो समयमा निन्तरको वर्षाका कारण नुवाकोट–१ का विभिन्न स्थानमा पुगेको क्षतिको अवलोकन एवं निरीक्षणमा मन्त्री डा तिमिल्सिनाको सक्रिय सक्रियता रहेको छ । उहाँले अघिल्लो शनिबार सूर्यगढी, ताँदी र दुप्चेश्वर गाउँपालिकाको पहिरोसहित जोखिम बस्तीको स्थलगत अवलोकनसहित आवश्यक निर्देशन दिनुभएको थियो ।

आफू निर्वाचित भएका क्षेत्रको भूगोलका जनताको समस्या र गुनासा सुन्दै मन्त्री डा तिमिल्सिनाले आवश्यक सहयोग तथा सहजीकरणमा निरन्तर सक्रियता देखाउँदै आएसँगै स्थानीय र जिल्लास्थित विपद् व्यवस्थापन समितिसमेत चलायमान देखिएका छन् । जसका कारण मनसुनजन्य विपद्का घटनाबाट प्रभावित भएका बासिन्दाको समयमै उद्धार, राहत र व्यवस्थापनमा तीव्रता पाइरहेको छ । क्षति पुगेका भौतिक संरचना सडक, पुल, खानेपानी, विद्युत्, सिँचाइ कुलोलगायतलाई सञ्चालन गराई विपद्को अप्ठ्यारो परिस्थितिमा पनि नागरिकको दैनिक जनजीवन सरल बनाउने प्रयास भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस्ः सभापति
२०८३ भाद्र ७, आइतबार
सञ्चारमन्त्री डा तिमिल्सिनाबाट पहिरो प्रभावित बस्तीको निरीक्षण
२०८३ भाद्र ७, आइतबार
कोशीका मुख्यमन्त्री कार्कीले सोमबार प्रदेशसभामा विश्वासको मत लिने
२०८३ भाद्र ७, आइतबार
मध्यस्थता प्रक्रियालाई सक्रिय बनाउन पाकिस्तानी सेना प्रमुख इरान भ्रमणमा
२०८३ भाद्र ७, आइतबार
बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छः उपाध्यक्ष गुरुङ
२०८३ भाद्र ७, आइतबार
मुख्यमन्त्री थापालाई विश्वासको मत दिन नेपाली कम्युनिस्ट पार्टीको ‘ह्विप’
२०८३ भाद्र ७, आइतबार
शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल
२०८३ भाद्र ७, आइतबार