भाद्र ९, २०८३ मंगलबार August 25, 2026

चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन

आर्थिक वर्ष २०८२/२०८३ मा एक लाख १८ हजार ४६८ किलो सिउने धागोका नाममा नेपाल आयात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। विभिन्न सञ्चारमाध्यममा चीनबाट जनै आयात भइरहेको समाचार सार्वजनिक भए पनि भन्सार विभागले भने जनै आयात नभएको स्पष्ट पारेको छ ।

विभागको तथ्याङ्कअनुसार भारत र चीनबाट ‘कटन थ्रेड्स’ अर्थात् धागो आयात भएको देखिए पनि त्यसलाई जनै भन्न नमिल्ने स्पष्ट पारेको हो ।

आयात गरिने सामानको विश्वव्यापी रूपमा बुझिने ‘कोड’ नाम राखिएको हुन्छ । जनैको त्यस्तो छुट्टै कोड नाम नभएकाले धागोकै रूपमा आउन र त्यसलाई जनै नै आएको हो भनी भन्न नसकिने विभागका तथ्याङ्क निर्देशक हरि ओम पोखरेलले राससलाई बताउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०८२/२०८३ मा एक लाख १८ हजार ४६८ किलो सिउने धागोका नाममा नेपाल आयात भएको देखिन्छ ।

यसैगरी चालु आर्थिक वर्षको अहिलेसम्ममा १० हजार १८४ केजी धागो आयात भएको उहाँले बताउनुभयो । त्यसमध्ये भारतबाट सात हजार १४४ केजी र चीनबाट दुई हजार ९९६ केजी आयात भएको छ । जापानबाट पनि ४४ केजी धागो आयात भएको विभागले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उनेपाले विद्युत् महसुलको भ्याट हटाउने, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता असुल्ने
२०८३ भाद्र ९, मंगलबार
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन
२०८३ भाद्र ९, मंगलबार
सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री
२०८३ भाद्र ९, मंगलबार
विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल
२०८३ भाद्र ९, मंगलबार
चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन
२०८३ भाद्र ९, मंगलबार
नेपाली राष्ट्रिय पिकलबल टोली घोषणा
२०८३ भाद्र ९, मंगलबार
यी हुन् विश्वका सबैभन्दा पाँच मोटा नेता, पहिलो नम्बरमा किम जाेङ
२०८३ भाद्र ९, मंगलबार